Nepal's First Video FM

मुन्ना भाईको बायोपिकमा रणवीरको यस्तो लुक्स !

767

एजेन्सी । बलिउडका चर्चित अभिनेता संजय दत्तको बायोपिक फिल्मको फस्टलुक सार्वजनिक भएको छ । जुन २९ देखि दर्शकमाझ रिलिजमा आउँदै गरेको यो फिल्मको नाम भने ‘सञ्जु’ राखिएको छ। तर पहिले यो फिल्मको नाम ‘दत्त बायोपिक’ भनेर समाचार आएको थियो । तर आज सार्वजनिक गरिएको यो फिल्मको फष्टलुकमा ‘सञ्जु’ राखिएको छ ।

यो फिल्मको लिड रोलमा अभिनेता रणवीर कपुरले अभिनय गरेका छन् । सार्वजनिक गरिएको (मुन्ना भाई) दत्तको बायोपिक यो फिल्ममा अभिनेता रणवीरका विभिन्न लुक्स प्रस्तुत गरिएको छ ।

फस्टलुकमा झट्ट हेर्दा दर्शकले रणवीर कपुरलाई संजय दत्त सोच्न लायक बनाईएको छ । अभिनेता रणवीरको यो परिवर्तन निकै नै रोमाञ्चक रहेको छ । news24

You might also like

Comments are closed.