वैशाख १२, झापा कनकाइ नगरपालिकाको दुर्गापुरस्थित बिरिङ पुलनजिकै भएको दुर्घटनामा धनकुटा घर भएका एक दम्पतीको मृत्यु भएको छ । धनकुटा देब्रेबासका ४२ वर्षीय राजेश श्रेष्ठ र ३३ वर्षीया पुष्पा श्रेष्ठको दुर्घटनामा मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी निरीक्षक ज्ञानबहादुर बिष्टका अनुसार को १६ प २४०८ स्कुटरमा सवार श्रेष्ठ दम्पतीलाई ना ७ ख ८०१८ नम्बरको टिपरले ठक्कर दिएको हाे ।
पृथ्वीनगरपछि सुरूंगातर्फ जाँदै गरेका श्रेष्ठ दम्पतीको घटनास्थलमै मृत्यु भएको थियो । घटना लगतै टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ ।
दुर्घटनामा स्कुटर चालक जिल्ला धनकुटा देव्रेबास–४ बस्ने बर्ष ४२ को राजेश श्रेष्ठ र पछाडी सवार बर्ष ३३ की पुष्पा श्रेष्ठको घटनास्थलमा नै मृत्यु भएको हो । चालक सहित टिप्परलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको इप्रका बिर्तामोडले जनाएको छ ।
साभार धनकुटा खबर
Comments are closed.