वैशाख १२, प्रधानमन्त्री केपी शर्मा ओलीले भत्केका संरचनाहरुको पुनर्निर्माणको गीतमात्रै गाएर नुहने बताएका छन् । विनाशकारी भूकम्प गएको तीन वर्ष पूरा भएको अवसरमा धरहराको छेउमा गरिएको कार्यक्रममा प्रधानमन्त्री ओलीले गित मात्र गाएर बस्ने हो भने बाँकी पुनर्निर्माणको काम अलमलमा पर्ने बताए ।
पहिलो पटक प्रधानमन्त्री हुँदा मेरो धरहरा म बनाउँछु अभियान सुरु गरेका ओलीले अहिलेसम्म त्यसको प्रगति नभएको भन्दै अब धरहरा बनाएरै छाड्ने दाबी गरे । २०७२ सालको भुइँचालोले भत्काएको धरहराको जीर्ण ठुटोकै छेउमा उभिएर सम्बोधन गर्दै ओलीले भने “मेरो धरहरा मै बनाउँछु ।
यसका निम्ति कोदालो बोकेर आउनुपर्छ भने म कोदालो बोकेर आउँछु । ईंटा बोक्न आउनुपर्छ भने, खर्पन लिएर आउनुपर्छ कि डोको लिएर म पनि आउँछु ।” प्रधानमन्त्री ओलीले दुई वर्षअघिको नारा सम्झँदै भने “मैले ०७२ साल फागुन ४ गते आह्वान गरेको थिएँ, मै बनाउँछु मेरो धरहरा, हरेक नेपालीको नारा ।
यो हरेक नेपालीको नारा हुनुपर्छ मै बनाउँछु मेरो धरहरा । के गर्न सक्छौं हामी त्यो गरौं । मै बनाउँछु मेरो धरहरा ।” धरहरालाई अव्यवस्थित तरिकाले नभएर व्यवस्थित तरिकाले बनाउनुपर्ने प्रधानमन्त्रीको भनाइ थियो । २०७२ सालमा गएको महाभूकम्पको सम्झनामा आयोजित कार्यक्रमलाई सम्वोधन गर्ने क्रममा धरहरा, रानीपोखरी लगायतका सम्पदाहरुको पुनर्निर्माण चाँडो हुनुपर्ने बताए ।
“धरहरा सकेसम्म छिटो निर्माण गरौं । रानीपोखरी सकेसम्म छिटो निर्माण गरौं । काष्ठमण्डप तुरुन्त निर्माण गरौं । बसन्तपुर तीव्र गतिका साथ पुनर्निर्माण गरौं ।” ओलीले भने ।वैशाख १२, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले भत्केका संरचनाहरुको पुनर्निर्माणको गीतमात्रै गाएर नुहने बताएका छन् ।
विनाशकारी भूकम्प गएको तीन वर्ष पूरा भएको अवसरमा धरहराको छेउमा गरिएको कार्यक्रममा प्रधानमन्त्री ओलीले गित मात्र गाएर बस्ने हो भने बाँकी पुनर्निर्माणको काम अलमलमा पर्ने बताए । पहिलो पटक प्रधानमन्त्री हुँदा मेरो धरहरा म बनाउँछु अभियान सुरु गरेका ओलीले अहिलेसम्म त्यसको प्रगति नभएको भन्दै अब धरहरा बनाएरै छाड्ने दाबी गरे ।
०७२ सालको भुइँचालोले भत्काएको धरहराको जीर्ण ठुटोकै छेउमा उभिएर सम्बोधन गर्दै ओलीले भने “मेरो धरहरा मै बनाउँछु । यसका निम्ति कोदालो बोकेर आउनुपर्छ भने म कोदालो बोकेर आउँछु । ईंटा बोक्न आउनुपर्छ भने, खर्पन लिएर आउनुपर्छ कि डोको लिएर म पनि आउँछु ।”
प्रधानमन्त्री ओलीले दुई वर्षअघिको नारा सम्झँदै भने “मैले ०७२ साल फागुन ४ गते आह्वान गरेको थिएँ, मै बनाउँछु मेरो धरहरा, हरेक नेपालीको नारा । यो हरेक नेपालीको नारा हुनुपर्छ मै बनाउँछु मेरो धरहरा । के गर्न सक्छौं हामी त्यो गरौं । मै बनाउँछु मेरो धरहरा ।”
धरहरालाई अव्यवस्थित तरिकाले नभएर व्यवस्थित तरिकाले बनाउनुपर्ने प्रधानमन्त्रीको भनाइ थियो । २०७२ सालमा गएको महाभूकम्पको सम्झनामा आयोजित कार्यक्रमलाई सम्वोधन गर्ने क्रममा धरहरा, रानीपोखरी लगायतका सम्पदाहरुको पुनर्निर्माण चाँडो हुनुपर्ने बताए ।
“धरहरा सकेसम्म छिटो निर्माण गरौं । रानीपोखरी सकेसम्म छिटो निर्माण गरौं । काष्ठमण्डप तुरुन्त निर्माण गरौं । बसन्तपुर तीव्र गतिका साथ पुनर्निर्माण गरौं ।” ओलीले भने ।
Comments are closed.