Nepal's First Video FM

दिपक दीपिकासँग रोमान्स, साम्राज्ञी ब्रिटिश आर्मीमा भर्ती हुँदा प्रदिपलाई नायिकाको खडेरी !

857

चलचित्र ‘ऐश्वर्य’ बाट सिने नगरीमा डेव्यु गरेकी अभिनेत्री दीपिका प्रसाईलाई चलचित्र ‘छक्का पञ्जा ३’मा दीपकराज गिरीको जोडीको रूपमा देखिने भएको छ । चलचित्रको कथा अनुसार नै दीपिकालाई फाइनल गरिएको निर्देशक दिपाश्री निरौलाले बताएकी छन् ।

छक्का पञ्जा ३ को लागि यसपालि नयाँ अभिनेत्री दीपिका प्रसाई फाइनल भएकी छिन् ।चलचित्रको कथामा बोल्डको साथसाथै सुन्दर नायिका चाहिएको कारण अभिनेत्री दीपिका प्रसाईलाई निर्माण पक्षले छक्का पञ्जा ३ मा लिएको जनाईएको छ ।

चलचित्रमा दीपक र दीपिकासँगै प्रियंका कार्की, जितु नेपाल, केदार घिमिरे, बुद्धि तामाङ लगायत कलाकारहरू यथावत् छन् तर यसपालि वर्षा राउत र स्वस्तीमा खड्का भने नदोहोरीने भएका छन् । निर्माण पक्षको अनुसार चलचित्र आउँदो दसैँमा रिलिज हुने गरी १७ गतेबाट छायाङ्कन सुरु हुदैँछ ।

त्यस्तै नेपाली चलचित्र क्षेत्रकी चर्चित नायिका साम्राज्ञी राज्य लक्ष्मी शाह यति बेला बेलायतमा छिन् । उनले चलचित्र क्षेत्रमा एकपछि अर्को गर्दै सफल चलचित्र दिने नायिका पछिल्लो समय चलचित्र ‘तिमी सँग’मा अभिनय गरेकी थिइन् ।

त्यसैगरी पछिल्लो समय धेरै युवायुवतीको रोजाइमा परेका अभिनेता प्रदिप खड्का निर्माता बन्ने भएका छन् र उनी नायिकाको खोजीमा समेत गरिरहेका छन् । हेर्नुस् भिडियो;

 

You might also like

Comments are closed.