बेशाख १२, बुधबार सुनको मूल्य प्रतितोला ५९ हजार रुपैयाँ पुगेको छ । हिजो ५८ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन बुधबार प्रतितोला २ सयले बढेर ५९ हजारमा कारोबार भएको छ ।
यो छापावाला सुनको मूल्य हो । स्टाण्डर्ड सुनको मूल्य प्रतितोला ५८ हजार ७ सय रुपैयाँ रहेको छ । त्यस्तै अघिल्लो दिन प्रतितोला ७ सय ६५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बुधबार पनि सोहि कायम रहेको छ ।
Comments are closed.