Nepal's First Video FM

निकिता र प्रदिप एउटै फिल्मीमा ? थाकेनन एक आर्काको तारिफ गरेर (भिडियोसहित)

667

अभिनेता प्रदिप खड्का अभिनित नयाँ चलचित्र ‘लिलिबिली’ प्रदर्शनको तेश्रो सातामा प्रवेश गर्ने तयारीमा रहेको छ । निकै राम्रो फ्यान फलोईङ कमाएका प्रदिपको चलचित्र हेर्न मिस नेपाल २०१७ निकिता चन्दक पुगेकी छिन् ।

आफुलाई प्रदिप खड्काको फ्यान बताउने निकिताले चलचित्र राम्रो बनेको प्रतिक्रिया दिएकी छिन् । ‘रानीमहल’ चलचित्र मार्फत नेपाली चलचित्रमा डेव्यु गर्न लागेकी निकिता प्रदिप संग स्क्रिन शेयर गर्न इच्छुक रहेको बताएकी छिन् ।

त्यसो त रानीमहल चलचित्रमा प्रदीपलाई समेत अफर गरिएको प्रदिप स्वयमले खुलाएका छन् । तर समय नमिलेको कारण आफुले कम गर्ने नसकेको उनले बताएका छन् । प्रदिप पनि निकिताको राम्रो प्रशसक रहेका छन्। उनले पनि निकिता संग काम गर्ने रहर रहेको बताएकी छिन् ।

अभिनेता प्रदिप खड्का र निर्माता गोविन्द शाही नयाँ चलचित्र निर्माणको तयारीमा रहेका छन् । चलचित्रको निर्देशक र अभिनेत्री हालसम्म सार्वजनीक गरिएको छैन। अब चलचित्रमा निकिता रहने सम्भावनालाइ टार्न समेत सकिन्न ।

 

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.