Nepal's First Video FM

असोजमा आउने भयो सृष्टि र आर्यनको ‘बाँध मायाले’ (भिडियोसहित)

629

अभिनेता आर्यन अधिकारी र अभिनेत्री सृष्टि श्रेष्ठ अभिनित चलचित्र ‘बाँध मायाले’ले प्रदर्शन मिति तय गरेको छ । सबिर श्रेष्ठको लेखन, निर्माण र निर्देशन रहेको चलचित्रलाई डिसिएनले असोज ५ गतेबाट अल नेपाल प्रदर्शन गर्न लागेको हो ।

चलत्रिको यति बेला धमाधम डबिङको काम भइरहेको छ । निर्माता, निर्देशक तथा लेखक सबिर श्रेष्ठको अनुसार चलचित्रको फस्ट लुक्स चाडैँनै दर्शकमाझ सार्वजनिक गरिने बताए । नाम जस्तै चलचित्रले दर्शकलाई बाँध्न सक्नेमा उनी आशावादी छन् ।

काईट्स ईन्टरटेनमेन्टको प्रस्तुति रहेको बाँध मायालेको निर्माण सबिरसँगरामहरी धिताल र विभेषिका श्रेष्ठले सहकार्य गरेका छन् । सह निर्माताको रूपमा महेन्द्र अधिारी र केदार धिताल आबद्ध छन् । चलचित्रमा सृष्टि र आर्यान पहिलो पटक एकसाथ देखिन्दैछन् ।

चलचित्रमा यी दुईको अलावा राजाराम पौडेल, विशाल चाम्लिङ र रविन होड सेनको अभिनय रहेको छ । त्यस्तै अर्का नायक किशोर खड्का यसै चलचित्रबाट डेव्यु गर्ने तरखरमा छन् ।

 

You might also like

Comments are closed.