वैशाख १२, ३३ किलो सुन र सनम शाक्य हत्या प्रहरणमा संलग्नताको आरोमपमा नेपाल प्रहरीका प्रहरी उपरीक्षक (एसपी) विकास खनाललाई प्रहरी नियन्त्रणमा लिई हिरासतमा राखेको छ ।
३३ केजी सुन र सनम शाक्य हत्या प्रकरण छानविनका लागि गृहमन्त्रालयले बनाएको उच्चस्तरीय छानविन समितिको निर्देशनमा प्रहरीले एसपी खनाललाई नियन्त्रणमा लिई प्रहरीले नक्सालस्थित १ नम्बर गणमा राखेको छ ।
सोमबार घटनाबारे बयान दिन मकवानपुरबाट काठमाडौं बोलाइएका खनाललाई गृह मन्त्रालयको निर्देशनमा मंगलबार राती नियन्त्रणमा लिई हिरासतमा राखिएको हो ।
गत चैतमा तस्करीको साढे ३३ केजी सुन गायब भएपछि भरिया सनम शाक्यको अपहरणपछि हत्या भएको थियो । घटनाको विषयमा प्रहरीले गम्भीरता पूर्वक चासो दिएर अनुसन्धान नगरेको भन्दै उजुरी परेपछि प्रहरी मुख्यायलले छुट्टै अनुसन्धान समिति बनाएर छानबिन सुरु गरेको हो ।
Comments are closed.