Nepal's First Video FM

खास किन लगाउछन हालका आइजीपी सर्वेन्द्र खनालले दाहिने हातमै घडी ?

727

वैशाख १२, नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालको घडी लगाउने बानी पुरानै हो । शुरुवाती बेलामा उनी देब्रे हातमै लगाउने गर्थे । तर देब्रे हातमा घडी लगाउँदा बेला बेलामा अलिक गडबडी हुन थाल्यो ।

बेलाबेलामा घडी बिग्रने र टुटफुट हुने चान्सेस् बढी हुन थालेपछि उनले बायाँ हातलाई हल्का र घडीको सुरक्षालाई ध्यानमा राखेर दाहिने नाडीमा बाँध्न थाले । हुने रहेछ के भने काम गर्दा र रिसको पारो तातेको बेला उनको दाहिने हातभन्दा देब्रे हात छिटो चल्ने, बायाँ हात झ्याप्पै चलिहाल्ने ।

देब्रे हातमा घडी लगाउँदा छिट्टै घडीको खति हुने समस्या दोहरिन थालेपछि उनले दाहिने हातमा घडी लगाउन थाले । त्यसपछि घडी मर्मत गर्नुपर्ने र फेर्नुपर्ने समस्या नियन्त्रण हुन थाल्यो । डीआजी बनेदेखि अहिले आएर खासमा देब्रे हात चलाउनु पर्ने अवस्था त रहेन ।

तर पनि अब त बानी लागिसक्यो दाहिने हातमै लगाउँदा सजिलो लाग्छ । आइजी खनाल यतिबेला संगठनको कार्यक्रमका लागि बारा पुगेका छन् । उनी सेमीनारमा व्यस्त छन् । उनलाई फोन गर्दा हिजो मंगलबार साँझ परिसकेको थियो । उनले कुन कम्पनीको घडी लगाइरेका छन् भन्ने जिज्ञासा थियो ।

उनले भने, अहिले अलिक साँझ परिसकेको छ, कुन कम्पनी र ब्राण्डको भन्ने अक्षर बुझ्न अलि सकिन है । अनि तपाईंले लगाउने घडी चाहिँ उपहारको हुन्छ कि किनेरै लगाउने हो ? आइजीपी खनालले हाँस्दै भने “यस्तो कुरा त नसोधुम् न यार, हाहाहा”।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.