एजेन्सी । पछिल्लो समय बलिउड अभिनेता अक्षय कुमारको दिन दशा बिग्रियको चर्चा चल्न थालेको छ । उनी केही दिन पहिले फिल्म केशरीको छायांकन गर्ने क्रममा दुर्घटनामा परेका थिए ।
दुर्घटना पछि डक्टरले उनलाई एक हप्ता आराम गर्ने सल्लाह दिएको थियो । तर अक्षयले डक्टरको हल्लाहलाई बेवास्ता गर्दै केशरीको छायांकनलाई निरन्तरता दिएका थिए ।
भारतीय संचार माध्यमहरुले उल्लेख गरे अनुसार हालै मात्र अक्षयले केशरीकै छायांकन गरीरहेकै बेला छायांकन सेटमा आगलागी भएको छ । उक्त फिल्मको क्लाईमेक्स दृश्य छायांकन गरीरहेकै बेला आगलागी भएको थियो । तर उक्त आगलागीबाट कुनै पनि मानवीय क्षति भने भएको छैन् ।
क्लाईमेक्स दृश्यमा बम ब्लास्ट गर्नु पर्ने भएकाले बम ब्लास्ट गर्दा आगलागी भएको थियो । आगलागीबाट फिल्मको लाखौंको सुटिङ्ग सेट जलेर नस्ट भएको बताईएको छ । nepliwood
Comments are closed.