Nepal's First Video FM

जेठसम्म माइतीघर मण्डलामा प्रदर्शन गर्न छुट

670

१३ वैशाख, काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले आगामी जेठ मसान्तसम्म माइतीघर मण्डलामा प्रदर्शन गर्न छुट दिएको छ ।

जिप्रकाले २ वैशाखमा सूचना निकालेर सार्वजनिक कार्यक्रम तथा प्रदर्शन स्थल तोकेको थियो । यसअनुसार वैशाख १६ बाट माइतीघर मण्डला, रत्नपार्क लगायतका स्थानमा सार्वजनिक कार्यक्रम वा प्रदर्शन गर्न पाइने थिएन ।

स्थानीय प्रशासनको निर्णयको विवेकशील साझा पार्टी र डा. गोविन्द केसीले विरोध गरेका थिए ।

जिप्रका काठमाडौंले बिहीबार सूचना निकालेर तयारी गर्न समय चाहिएको भन्दै सार्वजनिक कार्यक्रम तथा प्रदर्शन स्थलसम्वन्धी निर्णय असार १ बाट मात्र लागू हुने बताएको छ । onlinekhabar

You might also like

Comments are closed.