Nepal's First Video FM

गृह मन्त्रालयले गर्‍यो एकैपटक प्रजिअकाे व्यापक सरूवा, को कहाँ पुगे ? (सूचीसहित)

529

काठमाडौं। गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रजिअकाे एकै पटक व्यापक सरुवा गरेकाे छ । बिहीबार प्राप्त सरुवा सूची अनुसार २३ सह–सचिव र १४ जना उप–सचिव प्रजिअ हुने जिल्लाहरुका प्रमुख जिल्ला अधिकारीका रूपमा सरूवा भएका छन् ।

सरुवा पर्नेमा गृह मन्त्रालयका सहसचिव र उपसचिवहरु छन् । सरकारले गृहमन्त्रालयका सचिव लाेकनाथ पाैड्याललार्इ पर्साकाे सिडिअाेमा सरूवा गरेकाे छ भने हेटाैंडाका सहक्षेत्रीय प्रशासक मनाेहर खनाललार्इ धनकुटाकाे सिडिअाेमा सरूवा गरिएकाे छ । साथै अध्यागमनका निर्देशकदेखि गृहमन्त्रालयका अन्य थुप्रै उपसचिवलार्इ विभिन्न जिल्लाकाे सिडिअाेका रूपमा सरूवा गरिएकाे छ भने अधिकांश सरूवा हुनेमा चाहिँ हाल सिडिअाेकै रूपमा कार्यरत व्यक्ति रहेका छन् ।

यस्तो छ सरुवामा पर्नेहरुको सूची

१. नारायणप्रसाद भट्ट प्रजिअ चिवतवनबाट प्रजिअ भक्तपुरमा
२. सिवसिंह खडा प्रजिअ काभ्रेबाट क्षेत्रीय प्रसाशन कार्यालय हेटौडा
३. दोर्ण पोखरेल प्रजिअ भक्तपुरबाट प्रजिअ सर्लाही
४. नारायणप्रसाद भट्टराई प्रजिअ बर्दियाबाट प्रजिअ गोरखा
५. जितेन्द्र बस्नेत प्रजिअ गोरखाबाट प्रजिअ चितवन
६. गोपाल प्रसाद अर्याल प्रजिअ गुल्मीबाट क्षेत्रीय प्रशासन कार्यालय दीपायल
७. लोकनाथ पौडेल गृहमन्त्रालयबाट प्रजिअ पर्सा
८. जनकराज दाहाल प्रजिअ सिन्धुलीबाट प्रजिअ झापा
९. ऋषिराम तिवारी प्रजिअ झापाबाट प्रजिअ कैलाली
१०. गोविन्दप्रसाद रिजाल प्रजिअ कैलालीबाट प्रजिअ रौतहट
११. विनोदकुमार सिंह प्रजिअ पर्साबाट क्षेत्रीय प्रशासन कार्यालय सुर्खेत
१२. उदयबहादुर राणा नवलपरासी पश्चिमबाट प्रजिअ रुपन्देही
१३. मनोहर खनाल सहक्षेत्रीय प्रसाशक हेटौडाबाट प्रजिअ धनकुटा
१४. प्रेमप्रकाश उप्रेती प्रजिअ धनुकाटाबाट प्रजिअ सुनसरी
१५. हरिप्रसाद मैनाली प्रजिअ रुपन्देहीबाट कारगार विभाग महानिर्देशक
१६. कृष्णबहादुर राउत राष्ट्रिय परिचयपत्र केन्द्रबाट प्रजिअ काभ्रेपलाञ्चोक
१७. उद्ववबहादुर थापा प्रजिअ रौटहतबाट प्रजिअ नुवाकोट
१८. महेश आचार्य प्रजिअ स्याङ्जा प्रजिअ नवलपरासी सुस्ता पूर्व
१९. श्रवणकुमार तिमिल्सिना गृहमन्त्रालयबाट कामु प्रजिअ इलाम
२०. देवेन्द्रप्रसाद लामिछाने सहायक प्रजिअ बाँकेबाट कामु प्रजिअ नवलपरासी सूस्ता पश्चिम
२१. ज्ञानप्रसाद ढकाल गृहमन्त्रालयबाट कामु प्रजिअ सिन्धुली
२२. कोषहरि निरौला अध्यागमन विभागबाट कामु प्रजिअ स्यांजा
२३. विरेन्द्रकुमार यादव प्रजिअ नुवाकोटबाट प्रजिअ डोटी
२४. भविश्वर पाण्डे गृहमन्त्रालयबाट कामु प्रअिज गुल्मी
२५. शेषनारायण पौडेल सहायक प्रजिअ मोरङबाट कामु प्रजिह बाग्लुङ
२६. शम्भुप्रसाद मरासिनी प्रजिअ नवलपरासीबाट गृहमन्त्रालय
२७. सूर्यबहादुर खत्री कामु प्रजिअ डोटीबाट गृहमन्त्रालय
२८. कृष्णबहादुर कटुवाल कामु प्रजिअ सर्लाहीबाट अध्यागमन कार्यालय त्रिअवी
२९. रामबहादुर कुरुम्बाङ उपसचिव मोरङबाट कामु प्रजिअ बर्दिया
३०. गोपालप्रसाद पराजुली प्रजिअ सुनसरीबाट प्रजिअ धनुषा
३१. झंकनाथ ढकाल गृहमन्त्रालयबाट प्रजिअ लमजुङ

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.