Nepal's First Video FM

घर पुग्न नपाउदै अशोक दर्जीको यस्तो रुप,हेर्नेहरु हासरै भुतुक्कै

632

झापा । तपाई हामीलाई झापा दमकका अशोक दर्जी गित गाएर एकै चोटी ह्वात्तै चर्चामा आए जस्तो लाग्छ । तर उनले यो अवस्था सम्म आईपुग्न, सडकपेटीमा चार बर्ष गित गाएर बिताएका छन् । अहिले उनको भिडियो लगातार युटुबको ट्रेन्डिङमा परिरहेको छ । नाम चलेका ५० वटा भन्दा बढी युटुब च्यानलहरुले भिन्न भिन्न शिर्षकमा अशोकका भिडियोहरु अप्लोड गरेका छन् । उनी यतिबेला सर्वत्र चर्चाको शिखरमा रहेका छन् । युटुब च्यानलहरुकै कारण उनले आफ्नो सुनौलो भबिश्य प्राप्त गरेका छन् । उनको सडक पेटीको गायन यात्रा अहिले गित रेकर्डगर्ने सम्मको स्थितीमा उनलाई पुर्याएको छ ।

असोकका परीवारमा आमा बुवा एक दिदि र दुइ बहिनि रहेका छन् । बुवा पुन पाचकोटी दर्जि आमा ललिता दिदि काजल बहिनिहरु शिता र मुस्कान रहेका छन् । असोक सगै गित रेकडिङ पछि घर आएका बुवाले काठमाण्डोमा आफ्नो छोराले स्वर सुकिन्जेल क्यामरा अगाडी बोलेको देख्दा छोराले सुख पाएको होकी दुख पाएको ठम्याउनै गारो भएको बताए ।

You might also like

Comments are closed.