Nepal's First Video FM

प्रतिव्यक्ति आय १ हजार डलर नाघ्यो, ५.८ प्रतिशतको आर्थिक वृद्धि हुने (भिडियो रिपोर्ट)

566

नेपालको प्रतिव्यक्ति आय १ हजार अमेरिकी डलर नाघेको छ।

तथ्याङ्क विभागका अनुसार प्रतिव्यक्ति आय १ हजार ४ अमेरिकी डलर पुगेको छ।

यसको अर्थ औसतमा एक व्यक्तिले वार्षिक करिब १ लाख ६ हजार रुपैयाँ (डलरसँगको बिनिमयदर १०५.५ रुपैयाँ अनुसार) आम्दानी गर्दछ।

यो कुल गार्हस्थ उत्पादन (जिडिपि) लाई अनुमानित जनसंख्याले भाग गरेपछि आएको प्रतिव्यक्ति आय हो। गत वर्ष यो आम्दानी ८६६ अमेरिकी डलर थियो। एक वर्षमा प्रतिव्यक्ति आय १३८ डलर अर्थात १६ प्रतिशतले बढेको छ।

भूकम्पपछि निर्माण क्षेत्रमा आर्थिक चलायमान बढेसँगै प्रतिव्यक्ति आयमा वृद्धि भएको विभागका महानिर्देशक सुमनराज अर्यालले जानकारी दिए।

कुल राष्ट्रिय आयअनुसार भने प्रतिव्यक्ति आय १ हजार १२ डलर पुगेको छ। जुन गत वर्ष ८७७ थियो। त्यस्तै विभिन्न बाह्य देशहरुबाट भएको आम्दानी समेत जोड्दा प्रतिव्यक्ति आय १२९४ डलर पुगेको छ। जुन गत वर्ष ११५६ डलर थियो।

यसअघि लामो समयदेखि प्रतिव्यक्ति आयमा सुधार नभएको जनाउँदै नेपालले तत्काल विकाशोन्मुख राष्ट्रमा स्तरोन्नति नहुने भन्दै संयुक्त राष्ट्रसंघमा प्रस्ताव गरेको थियो।

यसैबीच विभागले चालु आर्थिक वर्षमा ५ दशमलव ८९ प्रतिशतको आर्थिक वृद्धि हासिल हुने जनाएको छ। यसअघि सरकारले मध्यावधि समीक्षामार्फत आर्थिक वृद्धिदर ६ प्रतिशत हुने जनाएको थियो।

तर यसमा एसियाली विकास बैंक र विश्व बैंकको फरक फरक अनुमान छ। एसियाली विकास बैंकले ४ दशमलव ९ प्रतिशत तथा विश्व बैंकले ४ दशमलव ६ प्रतिशतले आर्थिक वृद्धि हुने अनुमान गरेका छन्। सरकारले बजेट वक्तव्यमार्फत ७ दशमलव २ प्रतिशतको आर्थिक वृद्धि गर्ने लक्ष्य लिएको थियो।

कृषि क्षेत्रभन्दा गैरकृषितर्फको वृद्धिदर बढेको विभागले जनाएको छ। विभागका अनुसार कृषि क्षेत्रमा २. ८ प्रतिशतको वृद्धि तथा गैरकृषि क्षेत्रमा ७. १ प्रतिशतको वृद्धि हुनेछ। setopati

You might also like

Comments are closed.