Nepal's First Video FM

बाटो चौडा गर्न सुपादेउरालीका टहरा हट्दै, १९ गतेदेखी बाटो बन्द

645

वैशाख १४, जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीमा विहिबार बसेको सर्वदलिय बैठकले आउँदो वैशाख १९ गतेदेखी विहान ८ बजेदेखी बेलुका ७ बजेसम्म बाटो नै बन्द मन्दिर परिसरका टहरा हटाउँन र बाटो फराकिलो बनाउँनका लागी निर्णय भएको प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले जानकारी दिए ।
सड्क साघुरो भएकाले ट्राफिक जाम तथा दुर्घटना हुन सक्ने भएकाले टहरा हटाएर बाटो फराकिलो बनाउँने सर्वदलिय निर्णय भएको प्रजिअ भुसालले बताए ।

बाटो मन्दिर आसपासको सार्वजनि स्थलमा व्यापार व्यवसाय गरेर बसेका सर्वसाधारणको झण्डै १ सयँ टहरा हट्ने भएका छन्, मन्दिर आसपासका सार्वजनिक जग्गामा पक्की संरचना समेत बनाएर बसेका स्थानीयका घरहरु हटाउँन नगरपालिकाले प्रक्रिया अगाडी बढाएको छ, तत्कालै बाटो चौडा गर्न पर्ने भएकाले १५ दिन भित्र टहरा हटाउँका लागी सूचना टासँ गरीएको सन्धिखर्क नगरपालिकाका उपप्रम्ख ठाकुर कुमार विकले जानकारी दिए ।

विकले पक्की घरहरु पनी भत्काउँनका लागी सर्वदलिय बैठक बसेर छिट्टै टुंगो लगाउँने बताए । बाटो निमार्ण गर्दा सुपादेउँरालीमा विहानै देखी बेलुका सम्म पुर्ण रुपमा बन्द हुने हुदाँ विकल्पको रुपमा सालझण्डी, धोरपाटन सड्क र घुम्ती पाल्पा सड्कलाई ४ दिन भित्र मर्मत सम्भार गरी जनतालाई सेवा दिने निर्णय भएको सहायक प्रजिअ शङकर भुसालले जानकारी दिए ।

दैनिक हजारौको संख्यामा बाहृय तथा आन्तरीक पर्यटक भित्रीने सुपादेउँरालीमा स्थानीयले पक्की घर तथा टहरा बनाई पुजा सामाग्री, होटल, फोटो स्टुडियो तथा फलफुल पसल राखेर दैनिकी चलाईरहेका छन्, । सन्धिखर्क, गोरुसिङ्गे सडकको अन्य ठाउँमा पनी बाटो चौडा गर्ने काम भईरहेको र अव सुपादेउँरालीमा पनी स्थानियको सहयोगमा बाटोलाई चौडा गरीने प्रजिअ भुसालको भनाई छ ।

बाटो सागुरोका कारण डवल गाडी हिड्न समेत धौ धौ हुने सुपादेउँरालीमा ट्राफिक व्यवस्थापन गर्न प्रहरीलाई हम्मे हम्मे पर्छ, सुपादेउँरालीमा मेला पर्व सहित शनिबार अत्यधिक भिड्भाड हुने गर्छ ।

हिन्दुखबरबाट

You might also like

Comments are closed.