Nepal's First Video FM

एकैपटक ५ हजार प्रहरीको सरुवा

405

बैशाख १४, प्रहरी प्रधान कार्यालयले एकैपटक ५ हजार ३९ जना प्रहरीको सरुवा गरेको छ। बिहिबार प्रहरी मुख्यालयले ५ हजार ३९ जना जवानको सरुवा निकालेको हो।

लामो समयदेखि रोकिएकोमा नयाँ आईजिपी आएपछि सरुवा भएको हो। अन्य माथिल्ला पदका सरुवा तथा बढुवाको प्रक्रिया पनि अघि बढेको छ।

गत साता मात्र ७३ जना सइको इन्सपेक्टरमा तथा ४ सय जना जवानको हवल्दारमा बढुवा सिफारीस भएको थियो। प्रहरीमा एआईजीदेखि जवानसम्मका हवल्दारसम्मका पदहरु रिक्त छन्।

You might also like

Comments are closed.