काठमाडौँ, चार दिने नेपाल भ्रमणका लागि काठमाडौं आइपुगेकै दिन राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले राजनीतिक तथा उच्च भेटवार्ता सम्पन्न गरेका छन् ।
नेपालको शान्ति प्रक्रिया र जलवायु परिवर्तनका असरबारे मुख्य दुई एजेन्डा लिएर काठमाडौं उत्रिएका उनले आइतबार राष्ट्रपतिदेखि दलका नेताहरूको भेटमा यी विषयमा राष्ट्रसंघको सन्देश सुनाएका छन् ।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेट गरेका छन् ।
आइतबार राष्ट्रपति भवन शीतल निवासमा दुईजनाबीच भेटवार्ता भएको हो ।
Comments are closed.