Nepal's First Video FM

मोदीको नेपाल भ्रमणमा आफ्नै कार

548

बैशाख १४, चीन भ्रमण सकेको ११ दिनमा नेपाल आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नै कार ल्याउने भएका छन्। भारतीय सेनाको विमान काठमाडौं उत्रिनु तीन दिनअघि नै उनी चढ्ने कार काठमाडौं र जनकपुर आइसक्नेछन्। उनी विशेष प्रकारको कार प्रयोग गर्छन्।

आन्तरिक उडानका लागि उतैबाट हेलिकप्टर ल्याउने वा नेपाली सेनाको हेलिकप्टर प्रयोग गर्ने भन्ने छलफल चलिरहेको छ । यसअघि भारतीय राष्ट्रपति प्रणव मुखर्जीले भने बुद्ध एयरको विमान प्रयोग गरेका थिए। २०७१ साउन र मंसिरमा नेपाल भ्रमण गर्दा पनि मोदीले आफ्नै कार ल्याएका थिए ।

कतारले अनुदानमा दिएको कारवाहेक तीन वटा बुलेट प्रुफ कार पनि छन् ।पछिल्लो समय नेपालसँग आगन्तुक भीभीआईपीले प्रयोग गर्ने कार छ। तर, मोदीले यस पटक पनि आफैं कार ल्याउन लागेका हुन्।

कान्तिपुर दैनिकबाट

You might also like

Comments are closed.