२० माघ, गुणस्तर मापदण्ड पूरा नगर्ने ग्यास उद्योग बन्द गर्ने सरकारको चेतावनीपछि उद्योगीहरूले नेपाल गुणस्तर चिह्न प्रमाणपत्र (एनएस) का लागि आवेदन दिएका छन् । गुणस्तर तथा नापतौल विभागका महानिर्देशक विश्वबाबु पुडासैनीका अनुसार, विभागमा अावेदन दिनेमा एनएस नलिएका सबै ग्यास उद्योग छन् ।बोटलिङ प्लान्टहरूले गुणस्तर मापदण्ड पालना नगर्दा जोखिम र दुर्घटनाका घटना हुन थालेपछि एक महिनाअघि विभागले मापदण्ड पालना गर्न सबै ग्यास उद्योगहरूलाई आग्रह गरेको थियो ।एनएस नलिएकालाई सञ्चालन अनुमति नदिन नेपाल आयल निगमलाई विभागले पत्राचारसमेत गरेको थियो ।
विभागका महानिर्देशक पुडासैनीका अनुसार, हालसम्म चारवटा ग्यास उद्योगले मात्रै गुणस्तर मापदण्ड पूरा गरेका छन् । त्यस्तो मापदण्ड पूरा गर्ने नेपाल ग्यास उद्योग, साइबाबा ग्यास उद्योग, मनोज ग्यास उद्योग र श्रीकृष्ण ग्यास उद्योग छन् । बाँकी उद्योगले भने अझैसम्म पनि गुणस्तर चिह्न लिएका छैनन् ।
Comments are closed.