Nepal's First Video FM

फेरी खस्यो त्रिशुली नदीमा ग्यास बुलेट, चालकको मृत्यु

655

वैशाख १४, पृथ्वीराजमार्ग स्थित धादिङको गजुरी–२ मलेखु फुर्केखोला नजिकै ग्यास बाेकेको वुलेट शुक्रबार बिहान त्रिशुली नदीमा खस्दा चालकको घटना स्थलमै मृत्यु भएको छ ।

नौबिसेतर्फ जाँदै गरेको एचआर ५५ क्यु ८६३० नम्बरको लोड ग्याँस वुलेट पल्टिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीले जानकारी दिएको छ । मृत्यु हुनेमा भारत घर भएका ३६ वर्षीय सुरेन्द्र सिंह रहेको गजुरी स्थित इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्जय तिमिल्सिनाले बताए ।

अनियन्त्रित भई ग्यास बुलेट सडकबाट ३५ मिटर तल त्रिशुली नदीमा खसेको प्रहरीले जनाएको छ । त्यस्तै वीरगंजबाट स्काभेटर बोकेर काठमाडौं जादैं गरेको ना ६ ख ४२९ नम्बरको ट्रेलर पृथ्वी राजमार्गको थाँक्रेमा पल्टिदाँ ३ जना घाइते भएको गल्छी प्रहरी चौकीका सहायक निरीक्षक नरोत्तम थापाले बताए ।

शुक्रवार बिहान पौने ३ बजे भएको दुर्घटनामा चालक वारा निजगढ घर भएका ३१ वर्षीय विष्णु तामाङ्ग २१ वर्षीय शरद श्रेष्ठ, १७ वर्षीय प्रविण श्रेष्ठ घाइते छन् ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.