Nepal's First Video FM

९ हजार नेपालीलाई अमेरिकाले देश निकाला गर्दै, यस्तो छ कारण ! पढ्नुहोस

461

वैशाख १४, अमेरिकाको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले नेपाली नागरिकलाई दिँदै आएको टेम्पोररी प्रोटेक्टेट स्टाटस् (टीपीएस) खारेज गरी उनीहरुलाई घर फर्काउने निर्णय गरेको छ ।

यो निर्णय अनुसार अब ९ हजार नेपाली अमेरिकाबाट फर्काइने छन् । नेपालीको टीपीएस खारेज गर्ने दस्तावेजमा बिभाग सचिव क्रिश्जेन नेल्सनले हस्ताक्षर गरेका छन् ।

नेपालीलाई दिइएको टीपीएसको समय २४ जुन सन् २०१९ मा सकिँदैछ । त्यसपछि उनीहरुलाई देश निकाला गरिने छ । सचिव नेल्सनले कानुन अनुसार टिपीएस खारेज गर्नु आवश्यक रहेको बताएका छन् ।

नेपालमा सन् २०१५ मा आएको विनाशकारी भूकम्पको कारण देखाउँदै तीन बर्ष अगाडि अमेरिकी सरकारले अनडकुमेन्टेड अबस्थामा बसोबास गरिरहेका नेपालीहरुलाई टीपीएस सुविधा दिएको थियो ।

महाभूकम्पमा ज्यान गुमाएका आफन्त भेट्न नेपाल आवतजावत गर्न सहज होस् भन्ने प्रयोजनका लागि दिइएको सो स्किम अन्तर्गत झण्डै १५ हजार नेपालीले टीपीएस सुविधा लिएको भएपनि अहिले झण्डै ९ हजार मात्रै अमेरिकामा रहेको बताइन्छ ।

You might also like

Comments are closed.