Nepal's First Video FM

जारी कांग्रेस केन्द्रीय समितिको बैठकमा सभापति देउवाले सम्बोधन गर्दै

613

वैशाख १४, निर्वाचनको समिक्षा गर्न बोलाइएको नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक शुक्रबार पनि जारी छ । बैठकमा सभापति शेरबहादुर देउवाले सम्बोधन गर्दै हुनुहुन्छ ।

सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. संशाक कोइराला लगायत शीर्ष नेताको सम्बोधनपछि निर्णय सार्वजनिक गर्दै आजै बैठक सकिने नेताहरुले जानकारी दिएका छन् ।

गत चैत्र ९ गते सुरु भएको बैठमा निर्वाचन पराजित हुनुमा एक अर्कामा दोषारोपण मै सकिने भएको हो । ललितपुरको सानेपास्थित पार्टी मुख्यालयमा केहीबेरपछि सुरु हुने बैठकको सुरुमै शुक्रबार पनि नेता बिजयकुमार गच्छदारले सम्बोधन गर्ने कार्यक्रम छ ।

हिजो (बिहिबार) झण्डै ३ घण्टा नेता गच्छदारले, पार्टीको वृतान्तदेखि विभिन्न घटनाक्रममा पार्टीको भुमिका र उपलब्धिबारे धारणा राख्दै तत्कालिन फोरम लोकतान्त्रिक कांग्रेसमा विलय गराउँदा भएको सहमतिअनुसार केन्द्रीय कार्यसमितिदेखि पार्टीको तल्लो तहसम्म समायोजन गर्न प्रस्ताव गर्नुभएको थियो ।

गच्छदारले शुक्रबार निर्वाचनमा पार्टी हारको कारण र आगामी कार्यदिशा प्रस्तुत गर्ने पार्टी कार्यालयका सचिव प्रदिप पराजुलीले जानकारी दिए । जारी बैठकमा अधिकांश सदस्यले नेतृत्वको कार्यशैलीलाई पार्टीको पराजयको मुख्य कारण औँल्याएका छन् ।

You might also like

Comments are closed.