वैशाख १४, त्रिभुवन अन्तर्राष्ट्रिय विनस्थलबाट बाहिरिएको ३३ किलो सुन प्रकरणपछि नियन्त्रणमा लिइएका बहालवाला एसपी सहित ३ जनालाई अनुसन्धानका लागि जिल्ला अदालत मोरङले ६ दिनको म्याद थप गरेको छ ।
सुन प्रकरणमा उर्लावारीका सनम शाक्यको हत्या आशंकामा बहालवाला एसपी विसकाराज खनाल, डीएसपी सन्जयबहादुर राउत र प्रहरी सहायक निरीक्षक बालकृष्ण सन्जेललाई अनुसन्धानका लागि अदालतले ६ दिनको म्याद थप गरेको हो ।
मकवानपुरमा कार्यरत एसपी खनाल, गृह मन्त्रालयको विशेष अनुसन्धान समितिले बयान लिने क्रममा फरार भएका सुनसरीको इलाका प्रहरी कार्यालय इटहरीमा कार्यारत डीएसपी राउत र सइ सञ्जेल विरुद्ध मोरङ अदालतमा कर्तव्य ज्यान, अपहरण र संगठित अपराध मुद्दामा ६ दिनको म्यात थप गरी अनुसन्धान सुरु गरिएको हो ।
यसै काण्डमा प्रहरी नियन्त्रणमा परेको प्रहरी जवान सञ्जिव शाक्यलाई भने बुधबार नै अदालतमा हाजिर गराइ सोही मुद्दामा सात दिनको म्यात थप गरिएको छ । मकावनपुर प्रहरी प्रमुख एसपी खनाल सुन तस्करी प्रकरणमा मुछिएपछि उनलाई बुधबार प्रहरीले नियन्त्रणमा लिएको थियो ।
गृह मन्त्रालको सहसचिव इशवरराज पौडलेलको नेतृत्वमा गठन भएको छानविन समितिले सुन तस्करीमा प्रत्यक्ष मिलेमतो देखिएपछि एसपी खनाल, डीएसपी राउत र सइ सञ्जेललाई थप अनुसन्धान र मुद्दा चलाउन समितिले जिल्ला प्रहरी कार्यालय मोरङ पठाएको हो ।
बिहीबार बिहान मोरङ प्रहरी कार्यालय आइपुगेका खनाल, डीएसपी राउत र सञ्जेललाई सोही दिन साँझ साढे चार बजे अदालतमा हाजिर गराएर म्यात थप गरिएको थियो ।
मंगलबार बयान लिने क्रममा फरार भएका डीएसपी राउत बुधबार छानविन समितिको सम्पर्कमा आइ मोरङ प्रहरी कार्यालयमा आएर अदालतमा हाजिर भएका थिए । बिहीबार एसपी खनाल सहित उनी मोरङ प्रहरीमा आइपुगेका थिए ।
इलाका प्रहरी कार्यालय, इटहरीमा कार्यरत राउत बयानकै क्रममा फराई भई बुधबार साँझ प्रहरीको सम्पर्कमा आएका थिए । सुन तस्करमा मुख्य नाइके चुडामणि उप्रेतीलाई एसपी खनाल र सइ सञ्जेलले सघाएको अनुसन्धानबाट खुलेको छ ।
खनाल २ वर्षअघि विमानस्थलमा कार्यरत रहँदा तस्करीमा सघाएको अनुशन्धानबाट खुलेको छ । सञ्जेलले सनम शाक्य हत्या घटनामा उप्रेतीलाई जोगाउन सहयोग गरेका थिए ।
३३ केजी सुन तस्करी तथा उर्लाबारीका सनम शाक्याको हत्याको संलग्नमा पक्राउ गरी मोरङ प्रहरीको हिरासतमा रहने २७ जना पुगेका छन् । बुधबार पूर्व डीआईजी गोविन्द निरौलालाई ८ दिनको म्याथ थप गरी अनुसन्धान भइ रहेको छ ।
सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा बहालवा प्रहरी र पूर्व गरी ५ जना उच्च ओदाका प्रहरी अधिकारी मोरङ प्रहरीको हिरासतमा छन् । १८ फागुनमा सुन तस्करीमा गिरोहमा आबद्ध भएका मोरङ उर्लाबारीका सनम शाक्यको हत्यापछि सेटिङ हुँदै आएको सुन तस्करीको पर्दाफास भएको हो ।
उच्च तहका प्रहरी अधिकारी पक्राउ परेपनि ३३ केजी सुन तस्करीका मुख्य नाइके चुडामणि उप्रेती ‘गोर’ भने फारर छन् । उनलाई पक्राउ गर्न प्रहरीले इन्टरपोलको सहयोग लिएको छ ।
Comments are closed.