Nepal's First Video FM

भारतीय एसएसबीले गरे नेपाली माथी आक्रमण, पुनर्वास तनावग्रस्त

616

वैशाख १४, कैलालीको पुनर्वास नगरपालिका-९ का बासिन्दाले जंगली जनावर नियन्त्रणका लागि विद्युतीय तारबार गर्न खोज्दा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले अवरोध गरेको छ ।

१९५ नम्बर सीमा स्तम्भ नजिक तारबार गर्न खोज्दा एसएसबीले अवरोध पुर्‍याएको वडाध्यक्ष नारायण जैशीले जानकारी दिए । सो क्षेत्रमा विद्युतीय तारवार लगाउने पूर्वसहमति भएपनि बिहीबार एसएसबीले पुनः अवरोध गरेको अध्यक्ष जैशीले बताए ।

‘विवाद नहोस् भनेर पूर्वसहमति नै गरी दशगजा क्षेत्रबाट करिव ५-७ मिटर वरैबाट तारबार गर्न खोज्दासमेत एसएसबीले अवरोध गर्‍यो,’ जैशीले भने । स्थानीयबासीले गाडेका पोलहरु हतियारधारी एसएसबीले उखेलेर फालेको छ भने तारहरुलाई काटिदिएको छ ।

पुनर्वासको सीमावर्ती क्षेत्रमा सीमा विवाद रहेको भन्दै एसएसबीले विभिन्न ठाउँमा पटकपटक अवरोध गर्दै आएको छ । भारतीय एसएसबीको गतिविधिबाट स्थानीय आजित बनेका छन् ।

गत वर्ष पनि पुनर्वासको आनन्द बजारमा एसएसबीले अवरोध गर्दा तनाव बढेको थियो । विवादको क्रममा एसएसबीले गोली चलाउँदै स्थानीय गोविन्द गौतमको मृत्यु भएको थियो ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.