Nepal's First Video FM

बलात्कृत युवतिको मेडिकल रिपोर्ट सार्बजनिक ‘युवतीको योनाङ्ग पहिल्यैदेखि सेक्सुअल्ली एक्टिभ ‘ भएको पुस्टि

645

माघ २० , दरबारमार्गस्थित ल्याण्डमार्क होटलमा बलात्कारको सिकार भएकी युवतिको बयान फेरिदा अनुसन्धानमा समस्या आएको छ भने मेडिकल रिपोर्टले पनि निकैनै अप्ठ्यारोमा पारेको छ । अघिल्लो साताको बिहीबार होटलमा सामुहिक बलात्कारको शिकार भएको भनिएकी युवतीको मेडिकल रिपोर्ट हिजो आएको थियो । रिपोर्टमा सामुहिक बलात्कार भएको संकेत नभेटिएको स्वास्थ्य परीक्षणमा संलग्न स्रोतले जानकारी दिएको छ ।

बलात्कृत भएको हो भन्ने इभिडेन्स केही फेला नपरेको र पीडित भनिएको युवतीको योनाङ्ग पहिल्यैदेखि सेक्सुअल्ली एक्टिभ देखिएको स्वास्थ्य परिक्षणमा संलग्नहरुले उल्लेख गरेका छन् । पहिलेदेखि नै यौनाङ्ग सक्रिय हुने गरेकाले पनि बलात्कारको प्रमाण फेला नपरेको अनुमान गरिएको छ ।काठमाडौं प्रहरी परिसरले बनाएको छानविन टोलीले मेडिकल रिपोर्टको आधारमा मात्र बलात्कार भए नभएको भन्न नसकिने बताएको छ । प्रहरी टोलीले थप अनुसन्धान गरिरहेको छ ।
पीडित भनेकी युवतीले सुरुमा आफूलाई बलात्कार गरेको भनी प्रहरीमा उजुरी दिएकी थिइन् । पछि उनले आफ्नै राजिखुशीमा यौन सम्पर्क गरेको भनेर बयान फेरेकी थिइन् ।

You might also like

Comments are closed.