Nepal's First Video FM

पेचिलो बन्दै गईरहेको बेला पार्टी एकताका लागि फेरी नयाँ मिति घोषणा

522

बैशाख १४, एमाले मावोबादी बीच हुने भनिएको पार्टी एकताको बिषय पेचिलो बन्दै गईरहेको बेला पार्टी एकताको लागि फेरि अर्को मिति तय भएको छ ।

विभिन्न कारण पार्टी एकता पर-पर सरिरहँदा नेकपा एमाले र माओवादीका नेता कार्यकर्ताबीच अन्याैल छाएकाे थियाे । पार्टी एकताको लागि नयाँ मिति यही वैशाख २२ का पार्टी एकता हुने सार्वजनिक भएको हाे ।

प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच मार्क्स जयन्तीमा पार्टी एकता गर्ने सहमति भएको स्रोतले जनाएकाे छ । गत बैशाख ९ गते भएको संयुक्त सभामा ओली र प्रचण्ड दुबैले अघोषित मितिमा पार्टी एकता हुने बताएका थिए ।

सोही बमोजिम दुई अध्यक्षहरु यतिबेला पार्टी एकताका लागि छलफलमा जुटेका हुन् । कुनै अवरोध सिर्जना नभए मार्क्स जयन्तीकै दिन पार्टी एकता हुने एमाले स्रोतले जनाएको हो ।

You might also like

Comments are closed.