Nepal's First Video FM

आयो मनोमानी शुल्क असुल्ने निजी विद्यालयलाई शिक्षा मन्त्री पोखरेलको कडा निर्देशन

499

वैशाख १४, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सरकारले निर्धारण गरेको भन्दा बढी शुल्क नलिन निजी विद्यालयलाई निर्देशन दिएका छन् ।

भक्तपुरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले विद्यालयले मनोमानी रुपमा शुल्क असुलेको गुनासो बढेको बताउँदै बढी शुल्क नअसुल्न विद्यालयलाई निर्देशन दिएका हुन् । विद्यालय शुल्क तत्काल अनुगमन गरेर शुल्क नियन्त्रण गर्न स्थानीय तहलाई उनले आग्रह गरे ।

मन्त्री पोखरेलले भने, “मनोमानी ढंगले विद्यालयले शुल्क वृद्धि गरेको गुनासो आएको छ, यसलाई तत्काल नियन्त्रण गर्नु जरुरी छ, स्थानीय तहलाई तत्काल शुल्क अनुगमन गरेर शुल्क वृद्धि नियन्त्रण गर्न म आग्रह गर्दछु ।”

सञ्चारकर्मीसँग कुरा गर्दै उनले विद्यार्थीलाई लामबद्ध नराख्न विद्यालयलाई निर्देशन दिए । उनले भने, “स्कुलमा होस् वा गाउँमा विशिष्ट व्यक्ति आउँदा स्वागत गर्न विद्यार्थीलाई लामबद्ध राख्ने परम्परा बढ्दै गयो, यो गलत छ, म सबै विद्यालयलाई निर्देशन दिन्छु ।”

You might also like

Comments are closed.