माघ २०, द श्याडोज नेपाल (the shadows nepal) का लीड गीतारिस्ट सुजन मानन्धर अब आफ्नो कदम एउटा सफल निर्देशकको रुपमा पनि जम्दै छन् । ह्याप्पी रेकर्डको वेबसीरिज “तिम्रो ल्याङ्ग ल्याङ्ग”बाट उनि एक प्रतिभाशालि निर्देशकको रुपमा पनि चर्चित हुन थालेका छन् । रकस्टार तथा निर्देशक सुजन मानन्धर ह्याप्पी रेकर्डका संस्थापक पनि हुन् । निर्देशक मानन्धरको निर्देशनमा बनेको वेबसीरिजले कम समयमानै दर्शकहरुको मन मुटु मा बस्न सफल भएको छ । आगामी दिनमा पनि दर्शकले धेरैनै माया गर्ने उनको अपेक्षा रहेको छ ।
“तिम्रो ल्याङ्ग ल्याङ्ग”को भाग-५ हालै सार्बजनिक गरिएको छ र केहि नयाँ अनुहारहरु पनि अब थपिदै जाने उनको भनाइ छ । “तिम्रो ल्याङ्ग ल्याङ्ग” उनको जीवनको एउटा महत्तोपूर्ण प्रोजेक्ट रहेको र यसलाई सफल बनाउन सम्पूर्ण टोलीकोनै बाराबारी योगदान रहेको पनि उनले बताए । आगामी दिन सम्मपनि दर्शकले साथ दिएमा चलचित्र निर्माण गर्ने पनि उनको उदेश्य रहेको छ ।
हालै सार्बजनिक गरिएको भाग-५ पनि दर्शकद्वारा निकैनै रुचैएको छ । यस भाग बाट ह्याप्पी रेकर्डले कुइज प्रतियोगिता पनि सुरु गरेको छ जसमा एउटा प्रस्न सोधिने छ , त्यसको उत्तर मिलाउने भाग्यशाली २ जनालाई “तिम्रो ल्याङ्ग ल्याङ्ग” टिमसंग भेटेर डीनर गर्ने मौका मिल्ने छ र पुरस्कार पनि वितरण गरिने छ । यस हप्ता को प्रस्न र उत्तर दिने तरिका यस प्रकार छन् ।
“तिम्रो ल्याङ्ग ल्याङ्ग”लाई स्पन्सर नेप्कम्स सर्विसले गरेको छ , मीडिया पार्टनरमा सिटिजन एफएम ९७.५(citizen FM), फिल्मीजूम, पर्देसी न्युज रहेका छन् भने एसएमएस पार्टनर स्प्यारो एसएमएस रहेको छ ।
Comments are closed.