Nepal's First Video FM

नेपाली कलाकारलाइ एक नेपालीले अमेरिकाबाटै दिइन यस्तो चुनौती ! पढ्नुहोस

919

Sabin Dhakal

सबैले पढ्नुहोस र हाम्रो समाजमा आहिलेको सबैभन्दा ठुलो समस्या बलात्कार बिरुद्ध आवाज उठाउनको लॉगि र दोषीलाइ कडा कारबाही दिलाउनको लागि तल दिईएको लिङ्कमा गएर आफ्नो सहभागिता जनाउनु होस । हामीलाई आहिले १,००,००० नेपालीको साथ चाहिएको छ तपाइको एउटा सानो सहभागिताले बलात्कार बिरुद्द निकैनै कडा सजाएको सुरुवात हुन सक्छ।आउनुहोस सबै नेपाली मिलि बलात्कार बिरुद्द आवाज उठाउनुहोस् र यस्मा सहभागिता जनाएर सरकार लाइ दबाब दिनुहोस ।

कसरी सुरु भयो यो क्यामप्येन पढ्नुहोस , र तल दिईएको लिङ्कमा गएर आफ्नो सहभागिता जनाउनु होस् ।

Akankshya Rijal
Michigan,USA

मलाई थाहा छैन मा सहि छु या गलत तर आज यो लेख्नु अघि मैले दोहोराएर सोचिन । आज मा मेरो लेख बाट हामो देशमा रहनु भएका सबै कलाकारहारलाई एउटा आग्रह अनि चुनौती लिएर आएकी छु ! सबैको निजि जीवनको अधिकारको कारणले मैले सबैलाई सिधै सम्बोधन गर्न उचित ठानिन त्यसैले मा केहि साथी अनि केहि समाज सेवामा लग्नु भएको ब्यक्तिहरुलाइ यो लेख ट्याग गर्दै छु । यसलाई सबैले शेयर गरेर सबै कलाकारको नजरमा पर्न मधत गर्दिनु होला ।

आज झन्डै एक महिना भयो मेरो मन आतालिएको , हरेक बिहान जब मा आफ्नो आखा खोल्छु अनि सधै जस्तो आफ्नो फोन चलाउन थाल्छु , मेरो फेसबुक पुरै बलात्कारको समाचारले भरिएको पाउछु । मैले सोच्न पनि सक्दिन कि मेरो देशमा यति सम्म डरलाग्दो अपराध भैराखेको छ र मानिसहरु एति दानब भैसकेका छन् भनेर ! एउटा बच्चा जन्मिएको केहि महिनामा बलात्कारको सिकार हुन्छे भने कतै ८०-९० बर्सिए हजुरमा पनि यो अपराधको सिकार हुन्छिन । जब मा एक ७-८ वर्षको बच्चा सामुहिक बलात्कारको सिकार भएर आस्पतालमा छटपटिएको देख्छु अनि उसको बाबु न्यायको भिक माग्दै हात जोडेको देख्छु तेसै तेसै आगो बालेर आउछ मनमा अनि आफुलाई लाचार सम्झिन्छु केहि गर्न नसकेकोमा ! दिन दिनै साना साना बच्चालै बलात्कार गर्दै कता मारेर फालेको फोटोहरु देख्दा कठिन हुन्छ ! तेसैले अब मा कहिले आफ्नोलाइ केहि होला र आवाज उठाउला भनेर कुरेर बस्न सक्दिन र म हजुरहरु सबैलाईपनि तेही आग्रह गर्छु । म मेरो देशको सबै कलाकारहरुलाइ आज सोध्न चाहन्छु आखिर किन जब जब घटनाहरु घट्छन् हजुरहरुको फेसबुकको भित्तामा एसको बिरुद्ध केहि लेखिएको भेटिन्न ?कलाकारलाइ भगवान मानिने देश हो यो । कृपया केहि लेख्दिनुस ,केहि बोल्दिनुस , आवाज उठाईदिनुस ताकी सबैलाइ एसको बारेमा चेतना होस् । मलाई थाहा छ कलाकारको कहाँ सम्म पहुच हुन्छ भनेर ! मैले लेखे भने हजार ले हेर्छन सयले साथ दिन्छन् । हजुरहरुले लेखे करोडौले हेर्छन् लाखौले साथ दिन्छन् । मन्त्रि ,प्रधनमन्त्री देखि राष्ट्रपति सम्म हजुरहरुलाइ सम्मान तथा साथ अनि फलो गर्नु हुन्छ , हजुरहरुले आवाज उठाएपो पक्कै सम्बन्धित निकाएमा पुग्ने छ र सरकारले यसको सजाए बढाउनमा पनि केहि सोच्नेछन् ।

म अब कहिले मेरो छोरी जन्मेली र उ बलात्कारको सिकार होलि भनेर पर्खिन सक्दिन , न म कहिले मेरो छोरा जन्मेला र बलात्कारी होला भनेरनै पर्खिन सक्छु ! त्यसैले आहिले यो लडाई म एक्लै लाडीरहेछु तर हजुरहरुको एउटा लेखले मलाई लाखौको सहयता मिल्न सक्छ । कृपया “आफु बलात्कारको सिकार हुने पालो कुरेर नबसुम ”

महिला तथा बालिकाको उमेर तोकिएको सजाय १० वर्ष भन्दा कम उमेरकी बालिकालाई बलात्कार गरेमा १० देखि १५ वर्ष जेल सजाय हुने १० देखि १४ वर्ष उमेर सम्मकि बालिकालाई बलात्कार गरेमा ८ देखि १२ वर्ष जेल सजाय हुने १४ देखि १६ वर्ष उमेर सम्मकि बालिकालाई बलात्कार गरेमा ६ देखि १० वर्ष जेल सजाय हुने १६ देखि १८ वर्ष उमेर सम्मकि बालिकालाई बलात्कार गरेमा ५ देखि ८ वर्ष जेल सजाय हुने १८ वर्ष भन्दा माथि उमेर सम्मकि बालिका वा महिलालाइ बलात्कार गरेमा ४ देखि ७ वर्ष जेल सजाय हुने ।

के यती मात्र सजाए पर्याप्त छ ?? यदी थियो भने झन झन किन बढ्दै छन् त बलात्कारीहरु ?? एकचोटी अब हामी सबैले सोच्ने बेला आयको छ । यदी आज पनी हामी चुप लगेर बसिम भने भोलि आफै बलात्कारको सिकार हुन सक्छौ ! त्यसैले अब सोच्ने बेला आइसकेको छ , आउनुहोस सबै जना मीलि यो क्यामप्येनलाइ सफल पारौ र सरकारलाइ दबाब दिउ ! आफ्नो सहभागिता जनाएर बलात्कार बिरुद्दको आवाज उठाउनुहोस । तलको लिंकमा गएर आफ्नो सहभागिता जनाउनु होस्

https://www.gopetition.com/petitions/severe-punishment-to-rapists.html

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.