Nepal's First Video FM

प्रदेश ५ को प्रदेशसभामा प्रधानमन्त्री ओलीले आज विशेष सम्बोधन गर्दै

376

वैशाख १६ बुटवल । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार प्रदेश नं ५ को प्रदेशसभालाई सम्बोधन गर्दैछन् । ओलीले पहिलो पटक प्रदेश संसदमा सम्बोधन गर्न लागेका हुन् ।

त्यसलगत्तै अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन तथा २५६२ औँ बुद्धजयन्तीका अवसरमा लुम्बिनीमा हुने विशेष समारोहलाई पनि प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।

प्रधानमन्त्री ओलीको सम्बोधन प्रदेशसभा र प्रदेश सरकारका आगामी जनसरोकारसँग सम्बन्धित विषयका बारेमा केन्द्रित रहने स्रोतले जनाएको छ । नीति तथा कार्यक्रम र बजेट पास गरेर विकास बजेट कार्यान्वयन तहमा लागेको प्रदेशसभामा प्रधानमन्त्रीको सम्बोधनलाई विशेष किसिमले हेरिएको छ ।

संसद् सचिवालयका सचिव डा. मानबहादुर विकले बैठकमा अनिवार्य उपस्थित हुन सबै सदस्यलाई आग्रह गरी सूचना जारी गरेको छ । प्रदेशसभा बैठक यसअघि वैशाख २१ गतेका लागि बोलाइएको भए पनि प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने भएपछि ३ दिनअघि सूचना टाँसेर आजलाई बोलाईएको थियो । रासस

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.