Nepal's First Video FM

शक्ति देखाउने भन्दै कर्णालीमा हाम फाले २ झाँक्री: एकको मृत्यु, एक बेपत्ता !

698

वैशाख १६, बाजुराको जगन्नाथमा धामीको शक्ति देखाउने भन्दै दुई जना झाँक्री कर्णाली नदीमा हाफ फाल्दा एकको ज्यान गएको छ भने अर्का एक जना बेपत्ता भएका छन् । प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) अर्जुन रानाभाटका अनुसार मृत्यु हुनेमा ६१ वर्षीय मानबहादुर सिंह विष्ट छन् ।

त्यस्तै, ५३ वर्षीय जयबहादुर विष्ट बेपत्ता छन् । उनका अनुसार बगरमा बसेर काम्दै काम्दै दुवै जना नदीमा हाफ फालेको स्थानीयले बताएका छन् । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

You might also like

Comments are closed.