बैशाख १६, पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको खडक नगरपालिका–६ स्थित मिलन चोकमा गएराति मोइक्रोबस र भारतीय ट्रक एकापसमा ठोक्किँदा एक जनाको ज्यान गएको छ ।
काभ्रेपलाञ्चोक नमोबुध नगरपालिका–२ फूलबारी बस्ने मोइक्रोबस चालक ३५ वर्षीय रामशरण गौतमको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ । का
ठमाडौँबाट सप्तरीको फतेपुर आउँदै गरेको बा४ख ८२४८ नम्बरको मोइक्रोबस र विपरीत दिशाबाट जाँदै गरेको बीआर ०६ जीसी ७६६६ नम्बरको भारतीय ट्रक आपसमा ठोकिएको थियो । ठक्कर दिने ट्रक चालक फरार रहेको र खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय कल्याणपुरले जनाएको छ ।
Comments are closed.