बैसाख १६, संघीय समाजवादी फोरम नेपालको केन्द्रीय समितिको बैठक वैशाख १९ गतेदेखि बस्ने भएको छ ।
आगामी बैठक तयारीका लागि हिजोदखि राजनीतिक समितिको बैठक बसिरहेको छ । महासचिव रामसहाय यादवले देशको समसामयीक राजनीतिक अवस्था तथा पार्टीको सांगठनिक विषयमा छलफल हुने जानकारी गराए ।
देशको समसामयीक राजनीतिक अवस्था, संगठनको पुनः संरचना, सरकारको काम कारवाही, संगठनमा जिम्मेवारी तोक्ने लगायतका एजेण्डामा केन्द्रीय समिति बैठकमा छलफल हुने बताइएको छ ।
त्यही एजेण्डाको विषयमा राजनीतिक समितिमा छलफल गर्न लागिएको बताइएको छ । सरकारमा सहभागी हुने भनि पार्टीले निर्णय गरिसकेपनि हालसम्म सहभागी भएको छैन । त्यसको विषयमा पनि पार्टी केन्द्रीय समितिको बैठकले निर्णय लिने बताइएको छ ।
फोरम नेपालले सरकारमा सहभागि हुने निर्णय लिएपनि सत्तारुढ दलले सविधान संशोधनको विषयमा स्पष्ट नभएपछि सरकारमा सहभागी नभएको महासचिव यादवले बताए ।
उनले भने-‘सरकारमा सहभागी हुने अडान हाम्रो यथावत छ । सविधान संशोधनको विषयमा सत्तारुढ दल स्पष्ट नभएसम्म सरकारमा सहभागी हुने कुरा हुँदैन ।’
देश संघीय संरचनामा गइसकेपछि पार्टी संगठनलाई पनि तलदेखि माथिसम्म त्यही संरचनामा लैजानका लागि पार्टी केन्द्रीय समितिको बेठकमा छलफल हुने बताइएको छ ।
Comments are closed.