काठमाडौं । पूर्वकप्तान ज्ञानेन्द्र मल्ल र आसिफ शेखले कीर्तिमानी साझेदारी गरेपछि नेपालले शनिबार आईसीसी क्रिकेट विश्वकप लिग–२ मा नामिबियालाई तीन विकेटले पराजित गरेको छ ।
नामिबियाले दिएको २७५ रनको लक्ष्य नेपालले १५ बलअगावै ७ विकेटको क्षतिमा पूरा गरेको थियो। यो जितसँगै नेपालले लिग २ को सिरिजमै निकालेको यो पहिलो तेस्रो जित हो। नेपालको जितमा ओपनर आशिफ शेख र ज्ञानेन्द्र मल्लले कीर्तिमानी साझेदारी गरेका थिए।
आसिफ र ज्ञानेन्द्रले दोस्रो विकेटका लागि १३९ रनको साझेदारी गर्दै नेपालका लागि सर्वाधिक साझेदारी गर्ने कीर्तिमानी आफ्नो नाममा गरेका हुन्। आशिफले ६९ र ज्ञानेन्द्र मल्लले ६५ रनको योगदान दिए।
Comments are closed.