Nepal's First Video FM

निरन्तर ओरालो लाग्यो शेयर बजार, यस्तो छ आजको कारोबार

632

वैशाख १६, गत सातादेखि नै निरन्तर ओरालो लाग्दै आएको शेयर बजार आइतबार पनि ८ अंकले घटेको छ । नेपाल स्टक एक्स चेन्जका अनुसार नेप्से परिसूचक ८.२१ बिन्दुले ओरालो लागेर एक हजार ३४९.०१ बिन्दुमा पुगेको हो ।

यस्तै ‘क’ वर्गका शेयर कारोबारको मापन गर्ने सेन्सेटिभ परिसूचक समेत २.१ अंकले घटेर २८४.९६ बिन्दुमा पुगेको छ । कूल १ सय ६१ कम्पनीको ९ लाख ६६ हजार ८ सय २९ कित्ता शेयर ४० करोड ३५ लाख ४८ हजार ६८ मूल्यमा कारोबार भएको हो ।

कारोबार रकम समेत गत साताको पहिलो दिनको तुलनामा कम हुन पुगेको छ । गत आइतबार ५० अंकले बढेको बजारमा रु एक अर्ब बढीको कारोबार भएको थियो । स्टकका अनुसार पाँच उपसमूहको शेयर बढेको छ भने समान पाँच उपसमूहको शेयर ओरालो लागेको छ ।

त्यसमा व्यापार ०.७६, होटल ३५.१८, विकास बैंक ४.४३, बीमा २.४१ र उत्पादन समूह ८.१८ बिन्दुले बढेको हो तर बैंकिङ ११.६, जलविद्युत् १.२३, वित्त समूह ५.८१, अन्य ८.७ र माइक्रोफाइनान्स समूह ४.०७ बिन्दुले ओरालो लागेको छ ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.