बैशाख १७, राष्ट्रियसभा उपाध्यक्ष शशीकला दाहालले चितवनको रत्ननगरका दुई बालबालिकाको अभिभावकत्व ग्रहण गर्नुभएको छ । उहाँले एक जना चेपाङ र एकजना दलित विद्यार्थीको अभिभावकत्व ग्रहण गर्नुभएको हो ।
आइतबार रत्ननगरस्थित गामबँेशी चेपाङ संरक्षण केन्द्रमा आयोजित कार्यक्रममा इच्छाकामना गाउँपालिका–१ काउलेकी सात वर्षीया मायाँ चेपाङलाई उहाँले कक्षा १ मा भर्ना गराउनुभयो ।
यस्तै रत्ननगरको जनजागृति माविमा पनि स्थानीय अरुण रम्तेललाई कक्षा १ मा भर्ना गराएर उहाँले अभिभावकत्व ग्रहण गर्नुभएको हो । गामबेँशी चेपाङ संरक्षण केन्द्रमा आयोजित कार्यक्रममा बोल्दै दाहालले चेपाङ बालबालिकाको अभिभावक बन्न पाउँदा खुशी लागेको बताउँदै आगामी दिनमा आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।
सोही कार्यक्रममा गामबेँशी चेपाङ संरक्षण केन्द्रले चितवन युवा समूह अन्तर्राष्ट्रिय समन्वय समितिका अध्यक्ष मुक्तिप्रसाद अधिकारीलाई कदरपत्रसहित सम्मान गरेको थियो ।
रासस
Comments are closed.