बैशाख १७, गतवर्ष असार महिनाको समय । पैदल हिडँदै गरीवका घरघरमा पुगेर भोट माग्दा टिन लगाईदिने भन्दै भोट मागे जनप्रतिनिधीले । असार महिनाको समय झमझम पानी परीरहेको, घर चुहिएर बस्नै नसक्ने, ममर्त गर्न पैसा नहुने । घरपरिवारमा कोही नहुनु, आर्थिक अवस्था कमजोर हुनु, काम गर्न नसक्ने हुदाँ जिल्लामा रहेका कयौ मानिसहरुका घर खरले छाएका त्यसैमा पानी पर्दा चुहिएर पानिको धारो चुलोमा आउँने । रात कटाउँन त के, भात पकाएर खान सकेत सकिदैँनथ्यो टिन लिन आएका केरुङ्गाका स्थानीयले भने ।
छत्रदेव गाउँपालिका अर्घाखाँचीको पहिलो सभाको निर्णय पुर्ण कार्यान्वयनको अन्तिम चरणमा छ, गाउँपालिका भित्र खरको छानो हटाउँने अभियान । गाउँपालिका भित्र रहेका टिन लगाउँन नसक्ने असहाय गरिव जनतालाई जस्तापाता वितरण गाउँपालिकाले गरीरहेको छ । आईतबार जिल्ला समन्वय समितीका प्रमुख पिताम्बर शर्मा भुसालले छत्रदेव ४ केरुङ्गाका ३९ घरधुरीलाई २७ वटा पाताका दरले जस्तापाता वितरण गरे । भुसालले जस्तापाता वितरणले गरिव जनताका लागी स्थानीय तहले राम्रो काम गरेको बताए ।
९२ वर्षिय रूपकला खनाल । लौरो टेकेर जस्तापाता लिन आईन । हिडँन समेत नसक्ने खनालले जस्तापाता बुझीन । खनालले जस्तापाता बुझेपनी घर लैजान सकीनन्, घर चुहिँएको छ, प्लाष्टीक लगाएर बसेकी छु, पाचँ भाई छोरा हुन, कसैले हेरेनन्, एक वर्ष अगाडी भोट माग्न आउँदा आमा टिनको छानो मैले लगाईदिन्छु, भोट दिनुस भन्दथे जनप्रतिनिधी, वर्ष दिन पुरा नहुदैँ टिन दिए, खुसी हुदैँ गाउँपालिकालाई धन्यवाद दिईन ।
जति वर्ष बाचेपनी स्थानिय तहले टिन दियो, न्यानो घरमा अहिलेको वर्खा कटाउँन पाउँने भए उनले भनिन्, । सन्तान नभएका हैँनन्, बुढाबुढी भएपछी हेला गरे, वास्ता गरेनन्, आखाँ भरी आँसु निकाल्दै खनालले भनिन्, घरमा छानो नै थिएन, स्ष्टमित्र छिमेकीको साथ पाएकी छु । उनलाई गाउँपालिकाले जस्तापाता दिएपनी घरमा लैजाने देखी लगाइ दिन्छौं, स्थानीय हरि खनाल भन्छन् । सहयोग गर्ने नै जसले सक्दैन उसलाई हो, एकजुट भएर आमाको घरमा टिन लगाईदीन्छौ् ।
टिन लिन आएकी रूकमीणा खनालको एक छोरी बाहेक कोही सन्तान छैन, उनी पनी कहिले गाउँपालिकाले टिन दिन्छ, भनेर पर्खाइमा थिईन, उनले टिन हातमा पाएसँगै खुसी हुदैँ स्थानिय तह आएको महसुस भएको भन्दै गरिवका जनताको पक्षमा काम गरेकोमा खुसी भईन । केरुङ्गामा जस्तापाता वितरणमा स्थानीयको उल्लेखनीय सहभागिता रहयो । जस्ता लिन आएका स्थानीयहरु निकै खुसी थिए ।
गाँउपालिकामा भएका सवै खरको छानो हटाइ जस्ता पाता लगाउने निर्णय अनुसार जस्तापाता वितरण बल्कोटबाट सुरु गरिएको छत्रदेव गाँउपालिकाका अध्यक्ष लेखनाथ पोख्रेलले बताए । पालिका भित्र रहेको खरको छानो भएका ३ सय ३४ घरमा वितरण गर्न थालिएको बताए । छत्रदेव गाँउपालिकाको कार्यपालिका तथा जनप्रतिनिधिको बैठकले गाँउपालिका भित्र रहेका ३ सय ३४ खरको छानो भएका दुखी तथा गरिव परिवारमा टिन लगाउने निर्णय गरे अनुसार जस्ता वितरण गर्न सुरु गरिएको पालिकाका उपाध्यक्ष तुल्सादेवी श्रेष्ठले बताइन ।
गाउँपालिकाको २ वडा बल्कोटबाट जस्ता वितरण सुरु गरिएको छ । जस्ता पाउदा स्थानीयहरु खुसी देखिन्थे । सबै वडाहरुमा कार्यक्रम गरि अव लगातार जस्ता वितरण गरिने पालिकाका प्रशासकिय अधिकृत भेषराज पन्तले बताए । खरको छाना भएका घर हटाई घरमा टिन लगाउन गाँउ कार्यपालिकाको सभाले एक करोड २० लाख रुपैया विनियोजन गरेको पन्तले बताए । छत्रदेव ४ का वडा अध्यक्ष अशोक श्रेष्ठ र ६ का वडा अध्यक्ष कमल पौडेल भन्छन्, भोट माग्दा बोलेको कुरा भुलेका छैनौं, घर चुहिँएको बसेको देख्दा, कहिले टिन आउँला र दिन पाउँछौं भनेर आज पुरा भयो, सवै स्थानियहरु खुसी छन्, ।
हिन्दुखबर डट कमबाट
Comments are closed.