Nepal's First Video FM

नेपाली सेनाको १६ जनाको मेडिकल टीमसहित प्रधानमन्त्री जाजरकोट प्रस्थान

23

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भूकम्प प्रभावित जिल्लामा प्रस्थान गरेका छन् ।  आज बिहान नेपाली सेनाकाे हेलिकप्टरबाट प्रधानमन्त्री दाहाल जाजरकोट प्रस्थान गरेका हुन् ।

तत्कालै उद्दार, खोज र राहतका लागि स्वयं  प्रधानमन्त्री पुष्पकमल दाहाल स्वास्थ्यकर्मीको टोली लिएर भूकम्प प्रभावित क्षेत्र प्रस्थान गरेका छन।

नेपाली सेनाको १६ जनाको मेडिकल टिमसहित प्रधानमन्त्री दाहाल जाजरकोट प्रस्थान गरेको उनका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिएका छन।

जाजरकोटको बारेकोट केन्द्रविन्द्र भएर राति पौने १२ बजे गएको भूकम्पले नलगाड नगरपालिका, रुकुमपश्चिमको आठविसकोट नगरपालिकामा बढी क्षति भएको छ।भूकम्पमा परी अहिले सम्म  ७३  जना बढीको मृत्यु भइसकेको छ।

You might also like

Comments are closed.