वैशाख १७, आईतबार परेको असिना पानी र चटयाङका कारण रेडियो सञ्जिवनीमा क्षति पुगेको छ । एक्कासी आएको असिना पानी र चटयाङले रेडियोको एन्टिना, डिभाईडर, टेलिफोन हाईवे्रड, तथा ट्रान्समिटर क्षति पुगेको छ ।
असिना पानीका कारण रेडियोमा ३ लाख वढिको क्षति पुगेको स्टेशन म्यानेजर शरद रेग्मीले बताए । रेग्मीका अनुसार प्राविधिकसंग लिएको सल्लाह अनुसार रेडियो संचालनका लागी ३ लाख वढि रकम लाग्न सक्ने अनुमान गरिएको छ भने तत्काल केहि दिनका लागी रेडियो वन्द समेत भएको छ ।
काठमाण्डौबाट सामान तथा प्राविधिक वोलाएको हुदा मर्मत पछि मात्रै रेडियो सञ्चालन गरिने रेग्मीले जानकारि दिए । रेडियो संचालनमा आउन ३ दिन जति लाग्ने बताईएको छ । सामुदायिक रेडियो सञ्जिवनिमा पुगेको क्षतिले यस क्षेत्रका लाखौ नागरिकहरु सुचना पाउन वाट वञ्चित समेत भएका छन ।
यसैविच रेडियोले एक बिज्ञप्ति जारि गरि केहि दिनका लागी रेडियो वन्द हुने भएकाले यसबाट श्रोताहरु तथा बिज्ञापन दाताहरुमा पर्न गएको असुविधा प्रति क्षमा मागेका छन् । साथै बिज्ञप्तीमा रेडियो संचालनका लागि सहयोग पु¥याईदिन समेत रेडियोले सवैमा आग्रह गरेको छ ।
Comments are closed.