भदौ २२ मा रिलिज हुने भनिएको बहुअपेक्षित फिल्म ‘रामकहानी’को पहिलो गित ‘तिम्रो लागि म’ बोलको गित आज सार्वजनिक गरिएको छ । आज विशेषगरी अभिनेत्री पूजा शर्माको जन्मदिनको अवसर पारी आफ्ना दर्शकहरुलाई उपहार स्वरूप ‘रामकहानी’को पहिलो गीत सार्वजनिक गरेकी छन् ।
उक्त सार्वजनिक गीतमा पूजासँगै आकाश श्रेष्ठ, केदार घिमिरे, जितु नेपाल र विल्सन विक्रम राईले कम्मर मर्काएका छन् । अर्जुन पोखरेलको शब्द/संगीतमा बनेको गीतमा अन्जु पन्त र सुगम पोखरेलले स्वर दिएका छन् ।
गीतमा कोरियोग्राफी कविराज गहतराजको छ भने गीतको छायाँकन धुर्मुस-सुन्तलीले निर्माण गरेको रौतहटको एकीकृत नमुना बस्ति सन्तपुरमा गरिएको हो । चलचित्रमा पूजा र सुदर्शनको पनि लगानी छ । हेर्नुस् भिडियो;
Comments are closed.