१८ वैशाख, गुल्मी । गुल्मीमा सोमबार भएको छुट्टाछुट्टै दुर्घटनामा १ जनाको ज्यान गएको छ भने ४ जना घाइते भएका छन् । भीरबाट लडेर एक युवकको ज्यान गएको हो भने चट्याङ लागेर ४ जना घाइते भएका हुन् ।
जिल्लाको मालिका गाउँपालिका–२, नेटाका ३३ वर्षीय दीपक बिकको सोमबार राति भीरबाट लडेर ज्यान गएको हो ।जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरिक्षक डाक्टरप्रसाद चौधरीले छिमेकीको कुलपुजामा सहभागी भएर घर फर्किने क्रममा लडेका बिकको घटनास्थलमै मृत्यु भएको जानकारी दिए
त्यस्तै सोमबार साँझ चट्याङ लागेर ४ जना घाइते भएका छन् ।
जिल्लाको सत्यवती-४, लिम्घाका हेमबहादुर बिकको घरमा परेको चट्याङबाट ४ जना घाइते भएका हुन् । घाइतेहरुको अवस्था समान्य रहेको निरीक्षक चौधरीले जानकारी दिए ।
Comments are closed.