Nepal's First Video FM

अकस्मात किन जादैछन ओली दुई दिनको लागि झापा?बाहिरियो यस्तो कुरा,पढ्नुहोस

527

बैशाख,१८/ प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार गृह जिल्ला झापा आउँदै छन्। प्रधानमन्त्रीमा दोस्रोपटक निर्वाचित भएपछि उनी पहिलो झापा जान लागेका हुन्। नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओली दुई दिने गृह जिल्ला बसाइमा सभामा सम्बोधन, शिलान्यास र उद्घाटन कार्यक्रममा व्यस्त रहने एमाले जिल्ला कमिटिले जनाएको छ। एमाले स्रोतका अनुसार बिहान ११ बजे प्रधानमन्त्री ओली चन्द्रगढी विमानस्थल भद्रपुर आइपुग्ने कार्यक्रम छ। विमानस्थलमा भव्य स्वागतपछि प्रधानमन्त्री ओली झापाको जिल्ला समन्वय समितिको कार्यालय जाने छन् ।

समन्वय समितिको कार्यालयले आयोजना गरेको जिल्ला सभाको उद्घाटन तथा सम्बोधन कार्यक्रममा करिब एक घण्टा रहने समितिका अध्यक्ष सोमनाथ पोर्तेलले जानकारी दिए। त्यसपछि उनीले चारपाने–चैतुबारी–मतिगडा–साधुकुटी–राजगढ साढे १५ किलोमिटर सडकको शिलान्यास गर्ने कार्यक्रम छ। मध्याह्न १२ बजे लक्ष्मीपुर–साधुटार सडक उद्घाटनपछि ओली १ बजे बिरिङखोलाको पुल शिलन्यासका लागि पुग्नेछन्। यसपछि उनी आफ्नो निर्वाचन क्षेत्र झापा क्षेत्र नम्बर ५ जाने कार्यतालिका छ। पाडाजुँगी–झर्का–गोहाबारी–बालुबथान–चप्रामारी–खजुरगाछी सडकको १० किलोमिटरखण्ड शिलान्यासका लागि अपराह्न ३ बजे कमल गाउँपालिका–५ को पाडाजुँगी पुग्ने कार्यक्रम रहेको एमाले क्षेत्रीय संयोजक होमबहादुर थापाले जानकारी दिए।

पहिलो दिनको अन्तिम कार्यक्रमको रूपमा कमल गाउँपालिकाकै केर्खाचोक पश्चिम ४ बजे पुग्ने प्रधानमन्त्री ओलीले अमलडाँगी–समयगढ–बाँसबारी–सोलमारी सडकको शिलान्यास गर्ने कार्यक्रम रहेको छ। दोस्रो दिन गृहनगर दमकमा हुने झण्डै आधा दर्जन कार्यक्रममा व्यस्त हुने छन्। उनले नगरपालिकाले घोषणा गरेको पहिलो जाति धिमाल जातिको प्रतिमाको उद्घाटन गर्ने कार्यक्रम छ भने दमक–१ मा खानेपानी योजनाको पनि उद्घाटन गर्दै छन्। यस्तै, दमकको मुख्य बजार क्षेत्रमा निर्माण गरिएको नमुना बजारको पनि ओलीले उद्घाटन गर्ने छन् भने दमक नगरपालिकाको पहिलो नगरसभाबाट निर्णय भएको नगरप्रमुख प्रतिभा सम्मान पनि ओलीले प्रदान गर्दैछन्। यो सम्मान वरिष्ठ लोकगायक लक्ष्मीप्रसाद जोशीले पाउँदैछन्। पुरस्कारको राशी एक लाख रुपैयाँ छ। यस्तै, दमक नगरपालिका, खेलकुद विकास समितिले आयोजना गरेको दमक गोल्डकपको उद्घाटन समेत प्रधानमन्त्री ओलीलेनै गर्ने छन्।

You might also like

Comments are closed.