Nepal's First Video FM

भोजपुरलाई पर्यो समस्या, चाहियो १३ कार्यालयमा लेखापाल

622

वैशाख १८, भोजपुर जिल्लामा १३ जना लेखापालको अभाव रहेको छ । स्थानीय सरकारको निर्माण भएपश्चात पहिलोपटक यति ठूलो संख्यामा लेखापाल अभाव देखिएको हो ।

कोष तथा लेखा नियन्त्रण कार्यालय, भोजपुरका अनुसार हाल जिल्लामा दरबन्दीभन्दा कम लेखापाल कार्यरत छन् । साल्पासिलिछो गाउँपालिका, जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समितिको कार्यालय, जिल्ला मालपोत कार्यालय लगायत १३ कार्यालयमा लेखापाल अभाव रहेको अवस्था छ ।

यसअघि सामान्य प्रशासन मन्त्रालयबाट खटाइएका लेखापाल भौगोलिक विकटताले गाउँमा आएर काम गर्न नचाहने कारणले गर्दा दरबन्दी अनुुसारको लेखापाल अभाव रहेको हुनसक्ने नागरिक समाजका अगुवा पर्शुराम तिवारीको बुझाइ छ । लेखापाल नहुँदा विभिन्न योजनाको निकासा रकम अवरुद्ध भएको छ ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.