गायक कुमार प्रयास राईको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । गायक राईको नयाँ पप गीत ‘जरुवाको पानी’ सामाजिक सञ्जाल युट्युव मार्फत सार्वजनिक गरिएको हो ।
बसन्त सापकोटाको शब्द तथा कम्पोजमा ‘जरुवाको पानी’लाई गायक राईले आकर्षक आवाज दिएका छन् भने मनोज चौलागाँईले एरेञ्ज गरेका छन् । सार्वजनिक गीतको म्युजिक भिडियोमा सुमन तामाङ र जुनी तामाङको अभिनय रहेको छ ।
देवराज गुरुङ र अनिल भुजेलले कोरियोग्राफी गरेका ‘जरुवाको पानी’ बोलको उक्त गीतमा छिरिङ लामाको निर्देशन छ । हेर्नुस् म्युजिक भिडियो;
Comments are closed.