Nepal's First Video FM

वृद्धालाई बलात्कार गरि कुटपिटसँगै जिब्रो नै थुत्ने एक जना पक्राउ

477

वैशाख १८, इलामको रोङ गाउँपालिका–१ कटहरेकी एक वृद्धामाथि मरणासन्न हुनेगरी कुटपिट गरिएको छ ।

आइतबार राति करीब ११ बजे उनलाई आफ्नै घरमा केही युवाले दुव्र्यवहार गरी मरणासन्न हुनेगरी कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी उपरीक्षक गणेश बस्नेतले जानकारी दिए ।

उनका अनुसार पीडक युवाले ती वृद्धाको जिब्रोसमेत थुतिदिएका छन् । “बलात्कार भएको हो भन्ने कुरा पनि आइरहेको छ,” उनले भने– “हामी अनुसन्धानमा छौँ । बलात्कार हो वा होइन भन्ने अस्पतालको रिपोर्ट आएपछि मात्र थाहा हुन्छ ।”

पीडित वृद्धाको झापाको बिर्तामोडस्थित बिर्ता सिटी अस्पतालमा उपचार भइरहेको छ । उनको शल्यक्रिया गरी चुँडिन लागेको जिब्रो जोडिएको प्रहरीले जनाएको छ । उनकी छोरी शान्ति राईले घटना एकदमै दुःखदायी भएको भन्दै न्यायका लागि अपिल गरेकी छन् ।

अपरिचित व्यक्तिले वृद्धा आमालाई घरमै बलात्कार गरेको उनको आरोप छ । यता, घटनामा संलग्न भएको आरोपमा प्रहरीले रोङ गाउँपालिका–४ का २३ वर्षीय सुदीप गुरुङलाई पक्राउ गरेको छ ।

You might also like

Comments are closed.