नानु संगीता कुलुङ
काठमाडौं । केहि समय अगाडी सामाजिक सन्जालमार्फत अत्यधिक भाइरल बनेका थिए झापा दमकका १२ बर्षीय अशोक दर्जी । उनी भाइरल भइसकेपछि विभिन्न मिडियाहरुले पनि उनीमाथि चासो राख्न थाले । उनी एकाएक चर्चाको शिखरमा पुगे ।
त्यसपछि दर्जीले ‘मन बिनाको धन ठुलो की धन बिनाको मन’ बोलको गित झापाका डिजे रुपकको सहयोगमा काठमाडौं आएर चर्चित गायक, संगीतकार, रेकर्डिस्ट तथा अरेंजर टंक बुढाथोकीको शब्द संगीतमा गित रेकर्डिङ गर्ने मौका पाएका थिए ।
सोही क्रममा अशोक दर्जीको भाइरल भिडियो सेलाउन नपाउदै फेरी अर्का प्रतिभा यतिबेला सामाजिक सन्जाल तिर भाइरल बनिरहेका छन् । विभिन्न माध्यमहरुमा फेरी भेटिए अर्का अशोक दर्जी भन्दै भाइरल भइरहेका छन् ओखलढुंगाका १३ बर्षिय विक्रम कार्की ।
निकै मिठो अनि सुमधुर आवाजमा उनले विभिन्न चर्चित कलाकारहरुको गित सुनाउने विक्रम साच्चिकै नेपाली सांगेतिक क्षेत्रका लागि एउटा उदयमान गायक अथवा प्रतिभा हुन् भन्ने कुरामा दुई मत छैन ।
युट्युब च्यानल तात्तातो खबरले लिएको एक अन्तर्वार्तामा विक्रमले अशोक दर्जीको ‘धन बिनाको मन ठुलो की मन बिनाको धन’, ‘ऊ जितेर गइ या हारेर गई नतिजा आफै तिर पारेर गई’, ‘सुन साइली’, ‘मर्ने कसैलाई रहर हुदैन’, ‘यी आँखामा तिमी छौं’ ‘पिउदिन भन्दा भन्दै पिलायो साथीले’ जस्ता चर्चित गीतहरु सुनेका थिए ।
उनले गएका हरेक गीतमा चर्चित गायकहरुले गाएको गित भन्दा केहि फरक छैन । विक्रम नत संगीत सिकेका छन् । उनी कक्षा ७ म अध्यनरत छन् । गड फिफ्ट विक्रमले गाएका सबै गीतको हेर्नुस् भिडियो;
Comments are closed.