माघ २१, सिरियामा बिद्रोहीको कब्जामा रहेको क्षेत्रमा उडेको रुसी सैन्य विमानमाथि आक्रमण भएको छ । उत्तर पूर्वी प्रान्त इदलिबमा रुसको सुखोइ–२५ सैन्य विमानमा आक्रमण भएको हो ।
आक्रमणबाट विमान तल जमिनमा खसेको छ । विमानका पाइलट विमानबाट हामफालेको तर तल रहेका बिद्रोहीले कब्जामा लिएर उनको हत्या गरेको रुसको रक्षा मन्त्रालयले बताएको छ ।
सामाजिक सञ्जालमा केही भिडियो पोस्ट भएका छन् । पहिलो भिडियोमा सैन्य विमानमाथि आक्रमण भएको देखाइएको छ भने अर्को भिडियोमा आक्रमणबाट जमिनमा खसेको विमानको भग्नावशेष देखाइएको छ ।
रुसले इदलिबमा बिद्रोही विरुद्धको लडाईंमा सिरियालाई साथ दिँदै आएको छ । सिरिया सरकारले गएको वर्षको सेप्टेम्बरदेखि रुसी सैन्य लडाकु विमानको सहयोगमा बिद्रोही विरुद्ध कारवाही अभियान सुरु गरेको थियो ।
यसका कारण अहिलेसम्म एक लाख मानिस विस्थापित भएको संयुक्त राष्ट्रसंघले जनाएको छ ।
Comments are closed.