Nepal's First Video FM

नेपाल आइडलको यस्ताे मोह, काठमाडौँ अडिसन

860

गायनमा आधारित रहेको चर्चित रियालिटी सो नेपाल आइडल सिजन टुको अन्तिम अडिसन काठमाडौंमा सुरु भएको छ। ‘मन जित्छ उसले, सुमधुर गाउँछ जसले’ नारा दिइएको सिजन टुको काठमाडौं अडिसनको पहिलो दिन मंगलबार युवाको उत्साहजनक सहभागिता देखियो।गत वर्ष नेपालमा पहिलो पटक अन्तर्राष्ट्रिय प्रेण्डचाइजको रूपमा नेपाल आइडल भित्रिएको थियो । एपी वान टेलिभिजनबाट प्रसारण हुने यो कार्यक्रम पहिलो सिजन नै निकै सफल भएको थियो ।
एपीवान टेलिभिजनले आयोजना गरेको गायन प्रतियोगिता नेपाल आइडलमा १६ देखि ३० वर्ष बीचका युवाको सहभागिता छ। यसअघि पोखरा, धनगढी, नेपालगन्ज, हेटौंडा, धरानमा अडिसन सकेर आइडलको टिम काठमाडौं आएको हो।मंगलबारबाट काठमाडौँको शान्तिनगर स्थित इपिएस् स्कुलमा नेपाल आइडल अडिसन भइरहेको छ । उक्त स्थानमा अडिसन दिनेको भिड ठुलै थियो । आयोजनाको अनुसार पहिलो दिन नै करिब १० हजार बढीले अडिसन दिएको जानकारी दिए ।

एपीवान टेलिभिजनले नेपाल आइडलको दोस्रो सिजनलाई ३४ भागमा प्रसारण गर्नेछ। यही साउन १० देखि साताको दुई दिन एपीवान टेलिभिजनमा नेपाल आइडल प्रसारण हुनेछ।news24

You might also like

Comments are closed.