काठमाडौं । प्रधानमन्त्री पुष्ककमल दाहाल प्रचण्डले आफ्नो नेतृत्वको सरकार सोचेभन्दा बढी टिकाउ बनिरहेको भन्दै खुशी व्यक्त गरेका छन् । राम्रो काम गर्दागर्दै सरकारबाट हट्नु परे जनताकहाँ जाने उनले स्पष्ट पारे ।
शुक्रबार तनहुँको आँबुखैरेनीमा आयोजित अस्पताल उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले गणतन्त्र र लोकतन्त्रको रक्षाका लागि राजनीतिक दलहरू एक भएको पनि बताए।
उनले भने, ‘यो गठबन्धन पाँचै वर्ष जान्छ, कसैले हल्लाएर हल्लिनेवाला छैन । मानिसहरुले जुन भनेका छन्, त्यसको कुनै धरातल छ भन्ने मलाई लाग्दैन । गठबन्धनभित्रको युनिटी धेरै दह्रो छ । स्थानीय सरकार पनि सिहंदरबार नै रहेको भन्दै प्रधानमन्त्री प्रचण्डले प्रदेश संरचनाहरू ब्यवस्थित बनाउने काम भइरहेको बताए।
‘एकथरी मान्छेहध जो हिजै गणतन्त्रविरोधी थिए। ती मानिसहरूले हलो अड्काउने, गोरु चुट्ने काम गरिरहेका छन्। ऐन बनाउन पनि तिनिहरूले नै रोकिरहेका छन्। मेरो ध्यान संविधानले परिकल्पना गरे अनुसारका सबै अधिकार तल दिँदा पनि भएन,’ उनले भने।
Comments are closed.