Nepal's First Video FM

हेलिकप्टर चढेर नातिनी ज्वाईको घर गएको तस्बिरले प्रधानमन्त्री प्रचण्डलाइ निल्नु न ओकल्नु

48

काठमाडौँ, भर्खरै बिबाह बन्धनमा बाधिएकी नातिनीको घरमा सेनाको हेलिकप्टर चढेर गएको तस्बिरको कारण प्रधानमन्त्री प्रचण्डको सामाजिक संजालमा चर्को आलोचना र बिरोध भैरहेको छ । अघिल्लो दिन मात्रै प्रधानमन्त्री भएको १ बर्ष पुगेको अबसरमा रास्ट्रको नाममा सम्बोधन गर्दै अब सुध्रिन्छु भनेका प्रचण्ड, नातिनीको घरमा सेनाको हेलिकप्टर लिएर गएपछि, प्रधानमन्त्रिको सुध्रिने भनाइ, सम्झिने पानि छम्किने भएको छ ।

राजनीतिमा छलांग मारेका प्रचण्ड पटक पटक विवाद र चर्चामा आउने पात्र हुन्, कार्यशैली बदल्छु र नगई नहुने बाहेकका कार्यक्रममा जान्न भनेको भोलिपल्ट, सेनाको हेलिकोप्टर चढेर नवबिबाहित नातिनी प्रतिभा पाठक र नाती ज्वाइँ गोरखाका विज्ञानबाबु रेग्मीको घर पुगेका हुन् । सरकारको कार्यशैली पनि सन्तोषजनक नभएकाले यही साताबाट प्रधानमन्त्री कार्यालयको संरचनात्मक परिवर्तन गर्ने उनले बताएका थिए । कमीकजोरी भएको र अब सुधार्ने घोषणा त गरेका छन् तर त्यसका लागि कुनै मेकानिजमबारे जानकारी दिएका थिएनन् । नातिनीको खर्चिलो विवाह गरेर आलोचना खेपिरहेका प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बुधबार सेनाको हेलिकप्टरमा नातिनी ज्वाईसँग घुम्न हिँडेको भन्दै आलोचना भइरहेको छ ।

गोर्खामा छोरी तथा नातिनी, ज्वाईसँग हेलिकप्टर संगको तस्बिर सार्वजनिक भएपछि सामाजिक सञ्जालमा चर्को आलोचना भएको छ । भर्खरै वैवाहिक जिवनमा बाधिएकी प्रचण्ड नातीनी र जुवाईसँगै खिचिएको फोटो अहिले सामाजिक सञ्जालमा भाइरल भएपछि प्रधानमन्त्रीलाइ अहिले नातिनी ज्वाई संग खिचेको तस्बिर निल्नु न ओकल्नु भएको छ, तर प्रधानमन्त्रीको सचिवालयले खण्डन गर्दै भनेको छ, उनी निर्वाचन क्षेत्र गोरखा पुगेको बेला आफन्तसँग भेट भएको र त्यतिबेला लिइएको तस्बिर भए पनि सामाजिक सञ्जालमा गलत ढंगले अफबाह फैलाउने कार्य भएको प्रचण्डका निजी सचिव रमेश मल्लले यस्ता गलत भ्रम फैलाएर प्रधानमन्त्रीको राजनैतिक प्रतिवद्धतालाई कमजोर पार्न कोशि भइरहेको र यस्ता गलत सूचनाको भ्रममा नपर्न पनि अनुरोध गरेका छन् ।

प्रधानमन्त्रीले हेलिकप्टर चढ्नु यो कसैको टाउको दुखाइ होइन, तर सरकारी सम्पतीको दुरुपयोग नहोस भन्ने मात्रै जनताको आवाज हो, अझ त्यसमाथि १ दिन अगाडी मात्रै म सुध्रिन्छु र सुशासन ल्याउछु भन्दै गर्दा प्रधानमन्त्री ज्यु ले खोजेको सुशासन यहि हो त, प्रधानमन्त्रिको कार्यकालमा आफ्नै रेकर्ड राख्नु भएको छ, अब छोडदिनुहोस्, रिबन काट्न, भासन गर्न, यो तपाइको लागि जिबनको अन्तिम मौका हो केहि गरेर देखाउने, यो मुल्यवान समयलाई खेर नफाल्नुहोस्, भोलि देश र जनताले तपाईलाई धिक्कार्ने दिन नआओस !

You might also like

Comments are closed.